नगरपालिकाले बाड्यो ह्वीलचियर

  प्रकाशित मिति
३ फाल्गुन २०७५, शुक्रबार २०:०५



मेचीनगर । मेचीनगर नगरपालिकाले नगरभित्रका शारीरिक रुपमा अशक्त (फरक क्षमता भएका) ४० जनालाई निःशुल्क रुपमा ह्वील चियर वितरण गरेको छ ।

शुक्रबार नगरपालिका कार्यालय परिसरमा आयोजित कार्यक्रममा नगरप्रमुख विमल आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ् लगायतले ह्वील चियर वितरण गरेका थिए ।

नगरपालिकाले आन्तरिक स्रोतबाट प्रतिगोटा १४ हजार ५ सय रुपैयाँका दरले खरीद गरेर ह्वील चियर वितरण गर्ने सामुदायिक विकास अधिकृत अनन्तप्रकाश वस्तीले बताए ।

कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष नगर सदस्य तथा कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।
ह्वील चियर पाउनेहरुमा दुर्गा ओली, विष्णुरुपा अधिकारी, मोनिका विश्वकर्मा, शान्ति धिमाल, फुर्वा तामाङ, रामबहादुर घतानी लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: