नगरप्रमुख बुढाथोकीलाई अखिलको ९ बुँदे पत्र

  प्रकाशित मिति
६ असार २०७९, सोमबार १९:१०


मेचीनगर, ६ असार । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन मेचीनगर कमिटीले मेचीनगर नगरपालिकालाई ९ बुँदे मागसहितको ध्यानाकर्षण पत्र बुझाएको छ ।
अखिलका केन्द्रीय सचिवालय सदस्य दुर्गा धमलाको नेतृत्वमा गएको टोलीले नगरप्रमुख गोपालचन्द्र बुढाथोकीलाई कार्यकक्षमा भेटेर सम्मानसहित ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्रमा कक्षा १२ सम्म पूर्ण निःशुल्क शिक्षा, नगरभित्र प्राविधिक शिक्षाको स्थापना, बिद्यार्थीहरुलाई सर्वसुलभ शिक्षा व्यवस्थापन गर्ने, छात्रावृत्ति कोष स्थापना गरी गरिव तथा जेहेन्दार, मजदुर, श्रमिक, दलित, लोपोन्मुख, सीमान्तकृत परिवारका आर्थिक कमजोरीका कारण पढाउन नसक्ने अवस्थामा भएकालाई वा उच्च शिक्षाका लागि पढ्ने वातावरण बनाउने, मेचीनगर नगरभित्रका सबै विद्यालयहरुमा आफ्नै पाठ्यक्रम बनाई लागू गर्नुपर्ने, अध्ययनरत विद्यार्थीहरुलाई आत्मनिर्भर, उद्यमशिल र नेतृत्व विकासबाट अन्य तालिमको व्यवस्थापन, नगरस्तरीय योजना बनाएर कार्यन्वयन गर्नुपर्ने, नगरभित्र सवै शैक्षिक सेवाहरु प्रविधिमैत्री बनाउनुपर्ने, सामुदायिक क्याम्पसहरुमा यातायातको व्यवस्था गर्नुपर्ने, खेलकुद क्षेत्रको विकास गरी विद्यार्थीहरुलाई खेल गतिविधिसँग जोडनु पर्ने लगायतका माग उल्लेख छ ।

टोलीमा अखिलका नगर अध्यक्ष विरु मेचे, आशिष पौडेल, बिनिता न्यौपाने, अजित राजवंशी, सचेत घिमिरे, ईश्वर रिजाल, सरोज धमला, नविन गडतौला, सबु श्रेष्ठ, जुना खतिवडा, विशाल पुरी, मनसन पौडल, सागर शिवाकोटी, सन्देश पौडेल, सगंम बराल, दिपिका बुढाथोकी, यामकुमार लिम्बू लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: