नगरबासीले नै बुझेनन् ‘स्वास्थ्य बीमा’

  प्रकाशित मिति
१७ फाल्गुन २०७४, बिहीबार ११:०६


मेचीनगर । जनचेतनाको अभावले गर्दा सरकारले लागू गरेको स्वास्थ्य वीमा सेवामा आवद्ध हुनेहरुको सङ्ख्या मेचीनगरमा अति न्यून पाइएको छ ।

पाँच जनासम्मको परिवारमा २५ सय रुपैयाँ बीमा रकम तिर्दा एक बर्षसम्म ५० हजार रुपैयाँको स्वास्थ्य उपचार सेवा निःशुल्क पाइने गरी सरकारले झापासहित अन्य जिल्लाहरुमा स्वास्थ्य बीमा लागू गरेको छ ।

तर बीमाको फाइदा बुझ्न नसकेर र बुझाउने अभियानको कमीका कारण मेचीनगरमा बीमामा आवद्ध हुनेहरु न्यून भएका हुन् ।

झापामा गत मङ्सिरदेखि स्वास्थ्य बीमा लागू भएको हो । तर मेचीनगरमा गत साढे ३ महिनामा २ हजार १ सय ६१ जनाले मात्र वीमाको सदस्यता लिएका छन् ।
झापा जिल्लाका सबै १५ स्थानीय तहमा यो बीमा लागू भइसकेको छ भने हालसम्ममा ३७ हजार ९ सय १९ जनाले बीमा गराइसकेका छन् ।

मेचीनगरका बीमा दर्ता अधिकारी दिलीप पोखरेलका अनुसार मेचीनगरको वडा नं. १० मा सबैभन्दा बढी ५ सय १५ जनाले बीमा गराएका छन् । तर वडा नं. १३ मा बीमा गराउनेको सङ्ख्या शुन्य रहेको छ ।

बुधवार मेचीनगरमा स्वास्थ्य बीमाको बारेमा जानकारी दिने उद्देश्यले स्वास्थ्य शाखाले अभिमुखीकरण कार्यक्रमको आयोजना गर्यो ।

स्वास्थ्य बीमा बोर्डको प्रदेश नं. १ का संयोजक तुलसी पोखरेल र मेचीनगरका दर्ता अधिकारी दिलीप पोखरेलले सहभागीहरुलाई बीमाको नियम र फाइदा बारेमा जानकारी दिएका थिए ।
कार्यक्रमलाई मेचीनगरका मेयर बिमल आचार्यले सम्बोधन गर्दै सबै नगरवासीहरुलाई बीमा कार्यक्रममा आवद्ध हुन आह्वान गरेका थिए ।

कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुबेदी, स्वास्थ्य शाखाकी संयोजक शशीकला राई, धुलावारी स्वास्थ्य केन्द्रकी प्रमुख डा. एलिजा गौतम, वडाध्यक्षहरु नवीन बराल, सुदय पनेरु र शङ्कर पोखरेल, अनतरपार्टी महिला सञ्जालकी अध्यक्ष माया गुरुङ, नेपाली काङ्ग्रेसकी नेतृ डम्बरकुमारी थापा, काँकरभिट्टा खानेपानी समितिकी उपाध्यक्ष शारदा पराजुली, नयाँ शक्ति पार्टीका नेता चन्द्रजित राई लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: