नगर सभा ढिलाई हुनुमा बाह्य हस्तक्षेप ः मेयर आचार्य

  प्रकाशित मिति
११ असार २०७७, बिहीबार २१:२५


।। अर्जुन कार्की ।।

मेचीनगर । मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले नगर सभा ढिलाइ हुनुमा बाह्य हस्तक्षेप भएको बताएका छन् । ।

विहीबार काँकरभिट्टामा पत्रकारहरुसँगको भेटघाटमा नगरप्रमुख आचार्यले यस्तो कुरा बताएका हुन् ।

उनले नगरप्रमुख र उपप्रमुखले संयुक्त रुपमा ल्याउन लागेको जनमुखी नीति तथा कार्यक्रम बाह्य हस्तक्षेपका कारण ढिलाई हुन पुगेको दावी गरे ।

नेपालको संविधानले प्रत्येक वर्षको असार १० गते स्थानीय तहहरुले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु पर्छ ।

उक्त नीति तथा कार्यक्रम सहितको बजेट असार २५ गतेसम्मको नगर सभाबाट सम्पन्न गरिसक्नु पर्ने प्रावधान छ ।

नगरपालिकामा जनप्रतिनिधिहरुको बहुमत र अल्पमतको विवादका कारण नगर सभा रोकिएको बुझिएको छ ।

मेचीनगरमा बुधबार नगर सभा शुरु भयोे तर नीति तथा कार्यक्रम प्र्रस्तुत हुन सकेन ।

नेकपालाई लक्षित गरी नगरप्रमुख आचार्यले भने जनप्रतिनिधिहरुको बहुमत र अल्पमतको खेलले आफुले भने जस्तो बजेट ल्याउन नपाएकोमा विवाद उत्कर्षमा पुगेको बताए ।

नगरलाई नै घाटा हुने गरीको बाहिरबाट ल्याइएको बजेट लागु गर्न नसक्ने भएकोले नगर सभा रोकिएको आचार्यको भनाई छ ।

विहीबार नेकपा, नेपाली काङ्ग्रेस लगायत दलका झापा प्रमुखहरुसँग नगरप्रमुख आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेतीले छलफल गरेका थिए ।

जवाफदेहिताको हिसावले सबै पार्टीका नेताहरुसँग छलफल गरेर २÷३ दिनभित्र जनमुखी बजेट ल्याउने नगरप्रमुख आचार्यको भनाई छ ।

उपप्रमुख उप्रेतीले नगरप्रमुख र उपप्रमुखले तयार पारेको नीति तथा कार्यक्रम चाडै प्रस्तुत हुने जानकारी दिइन् ।

यसपटक २०७७÷७८ का लागि १ अर्व ४६ करोड ६० लाखको बजेट आउन लागेको छ ।

यसमा संघिय र प्रदेश सरकारको शर्सत तथा अन्य अनुदानका बजेट नगरले चलाउन पाउँदैन ।

नगरको आन्तरिक करिव ६० करोड प्रशासनिक, वडागत तथा अन्य शिर्षकमा मात्र बजेट खर्च गर्न सक्नेछ ।

गतवर्ष पनि करिव ७० करोडमा २२ करोड बचत भएको जनाइएको छ ।

यसपटकको बजेटले स्वास्थ्य, शिक्षा र कृषि उद्यमलाई पहिलो प्राथमिकता दिइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: