धुलाबारी, १० पुस । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले चार बर्षे कार्यकालका लागि मेचीनगर नगरपालिकाको महिला नगर समन्वय समितिको उपाध्यक्ष पदमा दुर्गा खतिवडालाई मनोनित गरेको छ ।
भदौ ११ गते बसेको मन्त्रिपरिषदको बैठकले खतिवडालाई सो पदमा मनोनित गरेको हो ।
नगर क्षेत्रका महिलाको सशक्तिकरणका लागि खतिवडालाई उपाध्यक्ष पदमा मनोनित गरेको पत्रमा उल्लेख छ । खतिवडा महालक्ष्मी कृषि सहकारी संस्थाकी अध्यक्ष तथा नेपाली काङग्रेसकी महाधिवेशन प्रतिनिधि हुन् । उनी स्थानीय क्षेत्रका दर्जन बढी सामाजिक क्षेत्रमा व्रिmयाशील छिन् ।