नदी छेउछाउ सतर्कता अपनाउन मध्यराति मौसम विभागको एलर्ट मेसेज

  प्रकाशित मिति
२८ असार २०७७, आईतवार ०६:५७


झापा, २८ असार । जल तथा मौसम विज्ञान विभागले झापा, इलाम, मोरङ र सुनसरीमा अबिरल वर्षा भइरहेको जनाउँदै नदीतटीय क्षेत्रमा बसोबास गर्ने समुदायलाई उच्च सतर्कता अपनाउन सचेत गराएको छ ।

विभागले मध्यराति ती जिल्लाका मोवाइल फोनमा एलर्ट सन्देश पठाउँदै सचेत गराएको हो । धेरै स्थानमा भारी वर्षा भएको र थप वर्षा हुनसक्ने हुँदा नदी आसपासमा बाढी आउन सक्ने विभागको चेतावनी छ ।

विभागको सन्देशमा कनकाई नदीमा बाढीको लेभल एलर्ट नजिक पुगेको र खतरा नजिक पुग्न सक्ने जनाइएको छ । विभागले सुनसरीको बुढीखोला, खेसलिया, लोहन्द्रा र अन्य साना खोलामा समेत बाढीको लेभल बढिरहेको जनाउँदै खोला आसपासमा बाढी आउनसक्ने चेतावनी जारी गरेको छ ।

कनकाईमा पानीको लेभल हिजो जोखिमउन्मुख पुगिसकेको थियो । कनकाई नदीमा ३ दशमलब ८ मिटर जलसतह पुगेपछि एलर्ट सन्देश जारी गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: