भद्रपुर, २७ वैशाख । कोरोना भाईरसको संक्रमण रोक्ने उद्देश्यले सरकारले लगाएको लकडाउनका कारण खाद्यान्नको अभाव भइरहेका बेला झापाको भद्रपुर–१० चन्द्रगढीस्थित नबील बैंक लिमिटेडले शनिवार उनीहरुको घरघरमा गएर १० जना अपाङ्ग असत्तहरुलाई खाद्यसामग्री वितरण गरेको छ ।
भद्रपुर जेसीजको सहजीकरणमा जेसीज महासचिव निकाश पाण्डे, बैंकका प्रवन्धक पुरुषोत्तम भट्टराई, वार्ड सदस्य तुलसी पोखरेल, हनुमान टोल विकास संस्थाका अध्यक्ष खड्गबहादुर बुढाथोकी लगायतको टोलीले वार्ड नं १० भित्रका १० जना असत्त अपाङ्गहरुलाई चामल तेल नुन लगायतको खाद्य सामग्रीहरु घरघरमै गएर वितरण गरेका हुन् ।
लकडाउनका कारण खाद्य सामग्रीको अभावमा थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले वार्ड भित्रका १० असक्त घर परिवारलाई बैंकले २५ हजार मुल्य बराबरको खाद्यसामग्रीहरु वितरण गरिएको जेसीज महासचिव पाण्डेले बताए ।