नयाँ प्रविधिबाट च्याउखेती

  प्रकाशित मिति
११ चैत्र २०७२, बिहीबार १४:०२


gofF k|ljlwaf6 Rofp v]tL

झापा । जिल्लाको राजगढ–४ का ३४ वर्षीय देवकुमार साहले नयाँ प्रविधिबाट च्याउ उत्पादन गर्न थालेका छन् ।

कालो र निलो ढुसीबाट सहजै जोगाउन सकिने बताउँदै उनले काँचो प्रविधिबाट कन्ये च्याउ उत्पादन सुरु गरेका हुन् । सामान्यतः टुक्र्याएको पराललाई पकाएर च्याउखेती गरिँदै आए पनि साहले चिसो पानीमा पराललाई भिजाएर च्याउखेती गर्दै आएका छन् । यसरी उत्पादन गरिएको च्याउ स्वास्थ्यका लागि अति उपयोगी हुने बताइएको छ ।

काँचो प्रविधिको च्याउ कम खर्चमा उत्पादन गर्न सकिने बताउँदै साहले नेपालमा नै यो प्रविधि नयाँ भएको दाबी गरे । वि.सं. २०५८ देखि च्याउखेती थालेका साहले तीन वर्षदेखि यो प्रविधि अपनाउँदै आएका छन् । उनले राजगढ–४ मा १० कठ्ठा जमिन भाडामा लिएर व्यावसायिक च्याउखेती गर्दै आएका छन् ।

छ लाख ५० हजार रुपैयाँको लगानीमा साहले ‘डिएम् च्याउ फार्म’ दर्ता गरेर ५५० सिलिन्डर च्याउ लगाएका छन् । उनले भारतको पश्चिम बंगालबाट च्याउ प्राविधिकको तालिमसमेत लिएका छन् । ‘उत्पादित च्याउ जिल्लामै खपत भइरहेको छ, निकट भविष्यमा पोखरा र काठमाडौँसम्म निर्यात गर्ने योजना छ’ उनले भने । साहले प्रतिसिलिन्डर आठ किलोसम्म च्याउ उत्पादन गर्दै आएका छन् छ भने प्रतिकिलो १३० मा बिक्री गरिरहेका छन् ।

यसरी उत्पादन गरिन्छ काँचो प्रविधिबाट च्याउ
टुव्रmा टुव्रmा हुने गरी काटिएको पराल २४ घन्टासम्म चिसो पानीमा ढडाइन्छ । पानीमा ढडाएको पराल पुनः २४ घन्टासम्म सुकाइन्छ र सिलिन्डरमा पराल भर्दै च्याउको बीउ राखिन्छ । पानीमा भिजाएको परालको टुव्रmामा खाने चुनको प्रयोग गरिन्छ ।

सिलिन्डरमा परालसँग भरेको च्याउको बीउ हावा नपस्ने गरी गुम्स्याएर राख्नुपर्ने साह बताउँछन् । अलि–अलि टुसाएपछि सिलिन्डरलाई डोरीले बाँधेर झुन्ड्याउनुपर्छ । च्याउखेतीका लागि प्रयोग गरिने बल वा सिलिन्डर भरेको २८ देखि ३२ दिनसम्ममा यो प्रविधिबाट च्याउ तयार हुन्छ ।
पराल उसिनेर बनाएको च्याउ १७ देखि २२ दिनसम्ममा तयार हुने भए पनि कालो र निलो ढुसीका कारण कहिलेकाहीँ ‘भूत च्याउ’ हुने हुँदा त्यस्तो च्याउको सेवनले स्वास्थ्यमा असर पर्छ ।

च्याउखेतीमा झापा आत्मनिर्भर

झापा च्याउखेतीका लागि आत्मनिर्भर बनेको छ । सरकारले युवालाई स्वरोजगार बनाउन सञ्चालन गरेको युवा लक्षित कार्यक्रममार्फत ८० जना कृषकलाई जिल्ला कृषि विकास कार्यालयले तालिमसँगै रु ४० हजारका दरले अनुदान उपलब्ध गराएपछि यहाँका कृषक व्यावसायिक च्याउखेतीचतर्फ आकर्षित हुन थालेका हुन् ।

जिल्लाका १५० जना युवाले व्यावसायिक फार्म दर्ता गरेर च्याउखेती गर्दै आएका छन् भने ३०० बढी कृषकले अहिले दैनिक रुपमा च्याउ उत्पादन गरिरहेको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक शालिग्राम भट्टराईको भनाइ छ । जिल्लाका राजगढ, बिर्तामोड, दमक, काँकरभिट्टा, कनकाई, शिवसतासी, भद्रपुर नगरपालिकाका कृषकले व्यावसायिक च्याउखेती गर्दै आएका छन् ।

दुई वर्षअघिसम्म भारतबाट च्याउ आयात गरिँदै आएको थियो । अहिले जिल्लामा उत्पादन गरिएको च्याउ इलाम, पाँचथर र ताप्लेजुङमा समेत निर्यात गरिँदै आएको छ । आव २०७१÷७२ मा जिल्लामा एक हजार ८०० मेट्रिक टन च्याउ उत्पादन भएकोमा आव २०७०÷७१ मा एक हजार ३०० मेट्रिक टन उत्पादन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: