नयाँ मन्त्रीलाई नेपालको निर्देशन–‘पार्टीको शीर उँचो राख्नु’

  प्रकाशित मिति
१६ असार २०७९, बिहीबार १८:३१


झापा, १६ असार । नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीबाट गएका नयाँ मन्त्रीहरूलाई विकृति विसंगतिमा नफँस्न र पार्टीको शीर उचो राख्न निर्देशन दिएका छन् ।

हालै नियुक्त मन्त्रीहरूलाई पार्टी कार्यालयमा सरकार सञ्चालनबारे आज प्रशिक्षणमूलक निर्देशन दिँदै नेपालले इमानदारीपूर्वक काम गर्न निर्देशन दिएका हुन् ।

‘तपाईँहरूले जनतामा सकारात्मक छाप पर्ने गरी र पार्टीको शीर उँचो हुनेगरी काममा खटिनुपर्छ । जसले गर्दा सरकारको इज्जत बढोस् त्यसका लागि पारदर्शीरूपमा काम गर्नुहोस्’, अध्यक्ष नेपालले भने ।

संविधान र कानूनविपरीत कुनै पनि काम नगर्न भन्दै नेपालले पार्टीको नीति, निर्देशनविपरीत नजान पनि ध्यानाकर्षण गराएका छन् ।

समाजवादीको तर्फबाट पर्यटनमन्त्रीमा जीवनराम श्रेष्ठ, सहरी विकासमा मेटमणि चौधरी, स्वास्थ्यमन्त्रीमा भवानीप्रसाद खापुङ, श्रममा शेरबहादुर कुँवर र स्वास्थ्यराज्यमन्त्रीमा हिराचन्द्र केसीलाई जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: