नयाँ शक्तिबाट पुष्प सर्वसम्मत उम्मेद्वार

  प्रकाशित मिति
५ आश्विन २०७४, बिहीबार १४:०४


puspa poudel kvtमेचीनगर । आगामी मङ्सिरमा हुने सङ्घीय व्वस्थापिका (संसद)को चुनावमा झापा क्षेत्र नं. १ बाट नयाँ शक्ति पार्टीले आफ्नो उम्मेद्वार निश्चित गरेको छ ।

पार्टीले काँकरभिट्टा निवासी बौद्धिक युवा पुष्प पौडेललाई सो निर्वाचन क्षेत्रबाट सांसद्को उम्मेद्वार बनाउने भएको छ ।

पार्टी स्रोतका अनुसार क्षेत्रबाट उम्मेद्वारको रुपमा पौडेलको नाम सर्वसम्मत रुपमा निर्णय भएको हो । सो क्षेत्रबाट सङ्घीय व्यवस्थापिकाको समानुपातिक उम्मेद्वारमा भने वीरबहादुर श्रेष्ठको नाम सर्वसम्मत रुपमा निर्णय भएको बताइएको छ ।

उच्च वौद्धिक युवा पौडेल विज्ञान विषयका स्नातकोत्तर हुन् । उनले काठमाडौँ र झापाका विभिन्न क्याम्पसमा अध्यापन समेत गराइसकेका छन् ।

‘मुलुक सप्रिन राजनीति सप्रिनु पर्ने र राजनीति सप्रिन वौद्धिक युवाहरुले राजनीतिमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नु पर्ने’ सोच राख्दै आएका उनी पचासको दशकदेखि नेकपा माओबादीमा आवद्ध हुँदै राजनीतिमा लागेका हुन् । तर २०७० मा उनले माओबादी परित्याग गरे । हाल पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा सङ्गठित छन् ।

सामाजिक, राजनीतिक क्षेत्रका विकृति र विसङ्गतिविरुद्ध खरो रुपमा उत्रिने उनी आफ्नो पार्टी नयाँ भएकाले सङ्गठन सानो रहेको जनाउँदै मुलुकलाई समृद्धिमा अघि बढाउने मामिलामा भने सबैभन्दा राम्रो भिजन आफ्नो पार्टीसँग भएकाले चुनावमा जनताको समर्थन सजिलै प्राप्त हुने दावी गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: