नयाँ संविधान उत्कृष्ट ः प्रधानन्यायाधीश

  प्रकाशित मिति
८ पुष २०७२, बुधबार ०५:१७


chief judge

भद्रपुर । प्रधान न्यायाधीस कल्याण श्रेष्ठले भर्खरै जारी नेपालको संविधान जनअधिकारका दृष्टिले उत्कृष्ट भएको बताउँदै जस्तोसुकै विषयमा समेत राजनीति गर्ने गलत परम्परा बसेकोमा दुःख व्यक्त गरेका छन् ।

उनले जनअधिकारको बहानामा अनावश्यक राजनीति गर्ने परम्पराको अन्त्य नभएसम्म कुनै पनि संविधान नटिक्ने दावी गरे । बार एसोसिएसन झापाको ‘स्वर्ण महोत्सव’ समापन समारोहलाई मङ्गलवार भद्रपुरमा सम्वोधन गर्दै प्रधान न्यायाधीश श्रेष्ठले मनैदेखि राष्ट्रिय अखण्डतालाई ख्याल राखेर जनअधिकारमा सर्मपित हुने वातावरण नबनेसम्म संवैधानिक विवाद नमिल्ने बताएका छन् ।

प्रधान न्यायाधिस श्रेष्ठले जनतालाई संविधान र अधिकार वारे जानकारी गराउन बारले सहयोग पु¥याउनु पर्ने चर्चा गर्दै तल्लो स्तरसम्म न्यायको पहुँच बढाउन बारको भूमिका सर्वोच्च हुने धारणा व्यक्त गरे ।

सोही कार्यव्रmममा कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री अग्निप्रसाद खरेलले वर्तमान संविधान कार्यान्वयनमा कृत्रिम विवाद निकालेर अवरोध पु¥याइएको बताए ।

मन्त्री खरेलले मधेसीको नाममा नेपाली जनताका अधिकार खुम्च्याउने माग राखेर अवरोध गरिनु दुर्भाग्य भएको बताए । उनले संविधानमाथि भ्रम फैलाएर केही स्वार्थी मधेसी नेताले जनता भड््काउन खोजे पनि वास्तविकता बुझेपछि आन्दोलन शिथिल हुँदै गएको दावी गरे ।

पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले जनताले छानेका ८० प्रतिशत जनप्रतिनिधिले जारी गरेको वर्तमान संविधान समावेशी सिद्धान्तमा आधारित उत्कृष्ट संविधान रहेको दाबी गरे ।

नागरिकता, जनअधिकार, समावेसिता जस्ता कुनै कुरा नछुटेको यो संविधानको विकल्प खोज्नु मुर्खता हुने उनको तर्क थियो । झापा वारका अध्यक्ष गजेन्द्र आचार्यको अध्यक्षतामा भएको कार्यव्रmममा झापा वारका संस्थापक ४ जना वाचस्पति उपाध्याय निरौला, शारदाप्रसाद उपाध्याय न्यौपाने, मोहनप्रसाद उपाध्याय न्यौपाने र हर्कबहादुर थापालाई मरणोपान्त सम्मान गरिएको थियो । उनीहरूका परिवारजनले सम्मान ग्रहण गरेका थिए ।

झापाको पहिलो अधिवक्ता नरेशकुमार वर्मा, बरिष्ठ अधिवक्ताहरू लीलाप्रसाद सापकोटा र लीला उदासी, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र अधिवक्ता कृष्णप्रसाद सिटौलालाई सो अवसरमा प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

नेपाली काङ्ग्रेसका महामन्त्री समेत रहेका अधिवक्ता कृष्णप्रसाद सिटौला कार्य व्यस्तताका कारण उपस्थिति भएका थिएनन् । कार्यव्रmममा महान्यायाधिवक्ता हरिकृष्ण कार्की, सम्मानित व्यक्तित्व वरिष्ठ अधिवक्ता लीला उदासी लगायतले मन्तव्य राखेका थिए ।

बारका उपाध्यक्ष अधिवक्ता हरि अधिकारीले स्वागत गरेको कार्यव्रmमको सञ्चालन अधिवक्ता यज्ञ अधिकारीले गरेका थिए । झापा वारले यही अवसरमा आफ्नै भवन अगाडि निर्माण गरेको स्वर्ण महोत्सव स्तम्भको प्रधान न्यायाधीश श्रेष्ठले अनावरण गरेका छन् भने स्वर्ण वर्ष स्मारिकाको विमोचन भएको छ ।
२०२२ सालमा चार जना अधिवक्ताहरू वाचस्पति उपाध्याय निरौला, शारदाप्रसाद उपाध्याय न्यौपाने, मोहनप्रसाद उपाध्याय न्यौपाने र हर्कबहादुर थापाले झापा वारको स्थापना गरेका थिए ।

स्वर्ण महोत्सव स्तम्भको निर्माण संयोजक अधिवक्ता कुलप्रसाद दाहाल र स्मारिकाको संयोजक अधिवक्ता अशोक पोखरेल रहेका छन् ।
प्रधान न्यायाधीश श्रेष्ठ मङ्गलवार विहान ताप्लेजुङ जिल्ला अदालत भवनको उद्घाटन गरेर झापा आएका हुन् । उनी हेलिकप्टर चार्टर गरेर कार्यव्रmममा आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: