नयाँ संस्कृति र पुस १६

  प्रकाशित मिति
१६ पुष २०७३, शनिबार १३:०८


हामी तपाइँहरुको कुनै पनि धर्म, विचार, आस्था, जीवन बिताइ, काम गराइलगायत कुनै पनि निजी व्रिmयाकलापलाई चोट पु¥याउन चाहन्नौँ । ती कुराहरुमा यहाँहरु स्वतन्त्र हुनहुुन्छ । आ–आफनो विचार र संस्कारमा रहन पाउनु मानवअधिकार हो । र, त्यसको हामी सम्मान गर्दछौँ । तर, केवल केही प्रश्नहरु र जिज्ञासाहरुको उत्तर दिनका लागि मात्र हाम्रा केही विचार तथा मान्यताहरु यहाँहरु समक्ष राख्न चहन्छौँ ।

आज विश्वकै मान्छेहरु केही कुनै पनि धर्म र त्यसका संस्कार–संस्कृति नै मान्दैनन्, कोही व्रिmश्चियन छन्, कोही इस्लाम (मुस्लिम) छन्, कोही बुद्ध धर्मावलम्वी छन् त कोही हिन्दु छन् । केही बहाइ त कोही किराँत अनि बोन्पो आदि धर्मावालम्वीहरु छन् । यसको अर्थ हो मानवता र मानव सभ्यता नै तहसनहस र विस्फोट उन्मुख छ । उदाहरणका लागि मुस्लिमका नजरमा व्रिmश्चियन मानव वा मित्र होइन, किनकि भित्री रुपले मुस्लिमले व्रिmश्चियनलाई घृणा गर्दछन् । त्यस्तै व्रिmश्चियनले मुस्लिमलाई जन्मजात शत्रु ठान्दछन् । किनकि व्रिmश्चियनको भगवान पुत्र अर्थात् भगवानको रुप जिसस व्रmाइष्ट हुन् भने मुस्लिमका देवता ‘अल्लाह’ हुन् र भगवानका प्रतिनिधि मुहम्मद हुन् । उता व्रिmश्चियनको धर्म ग्रन्थ बाइबल हो भने मुस्लिमको कुरान हो । एकथरी बाइवल अनुसार जीवन बिताउँछन् भने अर्कोथरी कुरान अनुसार । अब जरानै फरक परेकाले एकअर्का बिच भाइचारा र मानवीय सम्बन्धकै अन्त्य भयो र हुँदैछ । त्यस्तै हिन्दु, मुस्लिम, व्रिmश्चियन, बुद्धिष्ट, किराँत आदि बिच पनि मुिस्लम र व्रिmश्चियनको जस्तै व्यवहार हुने गर्दछ । इतिहासमा विभिन्न धार्मिक मानव समु बिच बषौँसम्मका लडाइँहरु चलेका छन्, लाखाँै मान्छेहरुले बिना अर्थ ज्यान गुमाएका छन् र सो क्रम अहिले पनि जारी नै छ । यो त भयो केवल विभिन्न धर्महरु बिचको हानाहान मात्र । एकै धर्मभित्र सो धर्मले आफ्नै धर्मका पक्षधर वा सो धर्म मान्न बाध्य बनाइएका मानिसलाई गरेको शोषण, अमानवीय पशुवत् व्यवहार, बर्बरता, लिङ्गीय, जातीय र निर्दोष पशुपंक्षीहरुमाथि गरेको रक्तपात हेर्न त कुरै छाडौँ सुन्न पनि नसकिने आङ नै जिरिङ्ग हुने किसिमका छन् । बिचमा सानो निवेदन गरौँ, धर्म, संस्कार–संस्कृतिका बारेमा थप व्यावहारिक अध्ययन र छलफल आवश्यकता अनुसार गर्दै जाने नै छौँ ।

यसरी धर्महरुले हामी मान्छेहरुलाई मित्रवत् मानव बन्न र विशिष्ट मानव सभ्यता निर्माण गर्नै रोकेको तथ्य पुष्टि हुन्छ । अर्को कुरा कुनै पनि धर्मशास्त्र र धर्मका विवरणहरुका कुनै वैज्ञानिक आधारहरु पनि छैनन् । एकै छिन् हाम्रै समाजको कुरा गरौँ, जहाँ नेपाली पनि कोही बुद्धिष्ट, कोही बोन्पो, कोही किराँत, कोही मुस्लिम, कोही व्रिmस्चियन त कोही हिन्दु आदि छन् । झलक्क हिन्दुलाई हेरौँ, हिन्दु धर्मका अनुयायीहरुलाई हिन्दु भनिएको छ । हिन्दुधर्मले त अर्काको गुप्ताङ्क अर्थात लिङ्ग र गुहेश्वरी नै मानिसलाई पूजा गर्न र ढोग्न लगाउँछ एकातिर भने अर्कोतिर मान्छेको जन्मै कसैको मुखबाट, पाखुराबाट, तिघ्राबाट र पैतालाबाट भयो भनेर मान्छेलाई ब्राह्मण, क्षत्री, वैैश्य र शुद्र बनाई चार वर्ण अर्थात् वर्गमा विभाजन ग¥यो । जुन विभाजन हाल पनि जस्ताको तस्तै छ र हिन्दुधर्मको प्राण पनि यही वर्ण व्यवस्था नै हो । फेरि यही हिन्दु धर्म नै भगवानले मनु र सतरुपालाई पठाएर मानिसको जन्म गराए भन्छ । यही नै कति नमिल्दो कुरा । जबकि मानिसको उत्पत्ति नै कोषबिहीन, एक कोषीय, दुइकोषीय र बहुकोषीय जीवको विकास हँुदै बाँदर प्रजातिबाट भएको कुरा प्रमाणित भएर संसारले त्यस तथ्यलाई स्वीकार गरिसकेको छ ।

बुद्ध धर्मको अलिकति कुरा गरौँ, बुद्ध आफैँ ईश्वर नमान्ने मान्छे थिए । उनैका केही उदार विचारलाई धर्मको रुप दिएर उनैलाई ईश्वर बनाइयो र उनको विचारलाई नै बुद्ध धर्म भनियो । त्यो त भयो भयो ! बुद्ध धर्मावलम्वीहरु आफै नै हिनयान, महायान, बज्रयान, लामाबाद, तन्त्रवाद, छुवाछुत र वर्णवाद आदिमा चिरा–चिरा परेर अरु त दुश्मन सरह भए भए उनै बुद्धका पक्षधरहरु नै पनि उनीहरुका मित्र रहन सकेनन् । उता किराँत धर्मले पनि आखिर अरु धर्महरुले जस्तै उही परमेश्वर, स्वर्ग, नर्क, भगवानले बखोप िर सन्तसुरुपको सृष्टि गरेर छोरी सुम्निमालाई जन्माएको, उनी ठूली भएपछि पुरुषको आवश्यकता परेको र अकस्मात पारुहाङलाई देखेको तर उ तत्काल लोप भएको र सुम्निमाले आफ्ना साथीहरु हावा, चरा मार्फत् पारुहाङ कहाँ खबर पु¥याएको र पारुहाङ फेरि आउँदा उनी कुरुप भएकाले सुम्निमाले उनलाई तिरस्कार गरेको । पारुहाङले पुनः लोप भएर जङ्गलको सबै पानी सुकाइदिएको । सुम्निमा तिर्खाले मर्न लागेको । पारुहाङले पातमा राखिदिएको पानी चराहरुले ल्याएर सुम्निमालाई दिएको अनि उनी सिकिस्त बिरामी परेको । हावाले पुनः पारुहाङलाई खबर गरेको र पारुहाङ आएर उनलाई बचाएको । त्यसपछि पारुहाङ र सुम्निमा लोग्ने स्वास्नी बनेर सन्तान जन्माएको । उनले ५ सन्तान जन्माएको पहिलो बाघ, दोस्रो हेनकम्बु अर्थात् मान्छे, तेस्रो भालु, चौथो चितुवा र पाचौँ कुकुर आदि जस्ता उटपट्याङ मनगणन्ते कुराहरु नै गर्दछ ।
अब अहिले आएर तीन हजार वर्ष पहिलेका कल्पित मान्छेहरु वा कथित भगवान भनेर नामाकरण गरिएका जो तत्कालीन मानव समाज विकासव्रmमका नेतृत्वदायी पात्रहरु थिए, उनीहरुलाई पुकारेर र उनीहरुमै आश्रित बनेर आफ्नो जीवन समाप्त गर्नु कुनै बुद्धिमानी हो र ? के यो लाचार भएर जीवनदेखि हारेर भागेको तथ्य होइन र ? जबकि पूर्खालाई नै सम्झने हो भने पनि मान्छेको उत्पति र विकास भएको त करौडौँ बर्ष भइसक्यो र यी धर्महरु बनाइनु पहिले मान्छे नत हिन्दु , न मुस्लिम , न व्रिmश्चियन नत बुद्धिष्ट आदि केही थिएन, मान्छे वास्तविक मान्छे मात्रै थियो । अर्कातिर यी धर्म संस्कारहरु मान्छेले मान्छेको शोषण–अन्याय र अत्याचार गर्न बनाएको दरो हतियार अनि साधन हो भन्ने पक्ष त अझ मजबुत छँदैछ ।
हामीलाई लाग्छ, तपाइँका लागि संसारको सबैभन्दा मूल्यवान, सबैभन्दा ठुलो र तपाइँले सबैभन्दा बढि आदर, प्रेम र याद गर्नु पर्ने मान्छे तपाइँ आफू नै हो किनकि तपाइँ आफु नै यस दुनियाँमा हुनु हुन्न भने तपाइँका निम्ति यस ब्रह्माण्डमा कोही र कुनै चीजको पनि अस्तित्व रहँदैन, केहीको पनि केही अर्थ रहन्न ।

तपाइँ हामी जुनसुकै चाडपर्व मनाऔँ ती कुनै न कुनै धर्म र अन्धविश्वास अनि मानिसलाई कुनै न कुनै रुपले घृणा गर्ने , लडाइँको विजयको उन्माद पोख्ने, युगलाई पछाडि धकेल्ने जस्ता कुराहरुसँगै जोडिएका छन् । जस्तो कि दशँैतिहार, माघे सँक्रान्ति, उपनयन, विभिन्न औासीपूर्णे, असार १५ आदि हिन्दु धर्म भित्रका हुन्् । उता इद, बकर इद आदि मुस्लिम धर्मका हुन् । केही पर्वहरुका बारेमा अघि पनि कुरा ग¥यौँ, आदि । उता प्रचलित धर्म संस्कार–संस्कृतिले ल्याएको पारिवारिक एवम् छिमेकीगत दम्भ र अहङ्कारको प्रस्तुतिले आम सर्वसाधारणलाई मरणासन्न बनाइरहेको छ । अर्कातिर सबै खाले घर्म संस्कारहरुले मानिसलाई भाग्यवादी, स्वर्ग, नर्कवादी, पुनर्जन्मबादी र परनिर्भर अनि पराश्रित बनाएर सबैखाले अन्याय ,अत्याचार र अपमानप्रति आँखा चिम्लन बाध्य बनाएर व्यक्तिको वर्तमान यथार्थ सृजनशील मूल्यवान जिन्दगीलाई रद्दीको टोकरीमा खाँदिरहेको छ । त्यसो भए अब के गर्ने त ?

यिनै विश्लेषण र विचार भएका विभिन्न जातिका भनिएका केही हामी साथीहरुले ६ वर्ष पहिले भेला भएर गम्भीर छलफल ग¥यौँ र अरुले के गर्छन् होइन अब हामी नयाँ संस्कृति र युगको सुरुवात गरांै भन्ने निष्कर्ष निकाल्यौँ । त्यही निष्कर्ष निकालेको अर्थात् यी प्रकृति र मानवता विरोधी धर्म संस्कार–संस्कृतिलाई छोडेर मानव, प्रकृति र सम्पूर्ण प्राणीहरुप्रति सम्मान र प्रेम गर्ने नयाँ सभ्यता र संस्कृतिको सुरुवात गरेको यस दिनलाई हाम्रो चाडको दिन मानौँ, यस चाडलाई ‘नयाँ युग’ भन्ने नामाकरण गरौँ भन्ने निर्णय ग¥यौं र यो चाड नै विश्वमा विशुद्ध नेपाली चाड बनेर नेपाली संस्कृतिकै एउटा उदाहरण बन्ने आशा पनि राख्यांै । त्यो दिन पुुष १६ गते परेको थियो । र, त्यसै बेलादेखि हामी यो चाड मनाउँदै आएका छाँै र आज त्यही दिन अर्थात पुस १६ गते हो र हामी त्यही चाड अहिले मनाइरहेका छौं ।

सकिन्छ यस विशुद्ध मानवता, प्रकृति र प्राणीलाई प्रेम र आदर सम्मान गर्ने महान् नेपाली संस्कृतिहरु मध्ये यो एउटा संस्कृति अनि अन्ततः यो विश्व संस्कृति निर्माणमा जुटिदिनुहोस् होइन भने पनि आफ्ना नियमित मान्यता र व्रिmयाकलापहरुका साथ–साथ यस सम्बन्धमा पनि कुनै–कुनै बेला सोचिदिनुहोस्, घोत्लिदिनुहोस !

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: