नर्सिङका २१ छात्रामा एकैचोटी झाडावान्ता

  प्रकाशित मिति
२५ श्रावण २०७३, मंगलवार १५:४७


food poisonविर्तामोड । विर्तामोडको भद्रपुररोडस्थित कञ्चनजङ्घा इन्स्टिच्युट अफ हेल्थ साइन्समा अध्ययनरत २१ जना छात्रा ‘फुड पोइजन’का कारण एकैचोटी विरामी भएका छन् ।

मङ्गलवार विहान अचानक झाडा वान्ता हुने र टाउको दुख्ने लक्षण देखा परे पछि ती छात्राहरूलाई स्थानीय विर्तासिटी हस्पिटलमा उपचारार्थ भर्ना गरिएको थियो ।

इन्स्टिच्यूटकी प्रिन्सिपल रचिता न्यौपानेले विहान ५ जनालाई झाडा र वान्ता देखा परेको र अरुलाई पनि स्वास्थ्यमा असहज भए पछि सबैलाई हस्पिटल लगिएको बताइन् ।

झाडावान्ताको लक्षण २१ जनामा देखा परे पनि इन्स्टिच्यूटका ३५ जना छात्राको स्वास्थ्य जाँच गरिएको हस्पिटलले जनाएको छ ।
हस्पिटलको इमर्जेन्सी विभागका डा. सुदिप भट्टराईले छात्राहरूमा ‘अननोन कज फुड पोइजन’ देखिएको बताए । विरामीमा महामारीको सङ्क्रमण नदेखिएको उनले जनाएका छन् ।

हस्पिटलका सञ्चालक ध्रुव शिवाकोटीले आधाभन्दा बढी छात्रा उपचारपछि हस्पिटलबाट डिस्चार्ज भइसकेको र उनीहरूले हिजो बेलुकीको खानामा मटरको तरकारी खाएको जानकारी दिए ।

बासी खानेकुरा खाएर फुड पोइजन भएको भन्ने हल्लाको सञ्चालक शिवाकोटीले खण्डन गरेका छन् । इन्स्टिच्यूटको होस्टेलमा खाना, पानी र आवासको उचित व्यवस्था भएको उनले बताए ।

हस्पिटलमा भर्ना भएका छात्राहरूले समेत होस्टेलमा बासी खानेकुरा दिइएको भन्ने हल्ला विल्कुलै झुठो भएको बताएका छन् ।
स्टाफ नर्स पढाइ हुने यस इन्स्टिच्यूटमा सयभन्दा बढी अध्ययनरत छन् भने ८० जना होस्टेलमा बस्दै आएका छन् ।

हस्पिटलका चिकित्सकहरूले अधिकांश विरामीको अवस्था सामान्य नै रहेको बताएका छन् ।

(२०७३ साउन २५ गते अपरान्ह २ बजे प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: