नवनियुक्त प्रधानमन्त्री देउवाको सपथ साँझ ६ बजे

  प्रकाशित मिति
२९ असार २०७८, मंगलवार १४:२९


झापा, २९ असार । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार साँझ ६ बजे पद तथा गोपनियताको सपथ लिने भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आजै संविधानको धारा ७६ (५) अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले दिएको जानकारी अनुसार मंगलबार साँझ ६ बजे नवनियुक्त प्रधानमन्त्री देउवालाई सपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।

देउवालाई सोमबार सर्वोच्च अदालतले प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज