नवौं राष्ट्रिय खेलकुदको समापनमा प्रमुख अतिथि बन्न प्रधानमन्त्री देउवालाई निम्तो

  प्रकाशित मिति
१३ आश्विन २०७९, बिहीबार १२:३७


काठमाडौं, १३ असोज । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का संरक्षक प्रधानमन्त्री शेरबहादुर देउवालाई गण्डकी प्रदेशमा २८ असोजदेखि ३ कार्तिकसम्म हुने नवौं राष्ट्रिय खेलकुद–०७९ को समापन कार्यक्रमका लागि निमन्त्रणापत्र बिहीबार प्रदान गरिएको छ ।

राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बालुवाटरस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री देउवालाई ३ कार्तिकमा पोखरा रंगशालामा हुने नवौं राष्ट्रिय खेलकुदको समापन कार्यक्रमको प्रमुख अतिथिका लािग निमन्त्रणापत्र प्रदान गरेका हुन् ।

सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ पनि उपस्थिति थिए । त्यस अवसरमा मन्त्री गहतराज र सदस्य–सचिव घिसिङले प्रधानमन्त्री देउवालाई नवौं राष्ट्रिय खेलकुदको तयारीका बारेमा जानकारी गराएका थिए ।

नवौं राष्ट्रिय खेलकुदको समुद्घाटन कार्यक्रमको प्रमुख अतिथिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई ११ असोज निमन्त्रणा पत्र प्रदान गरी सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: