नहर पुनरनिर्माण समितिको आय–व्यय

  प्रकाशित मिति
२५ जेष्ठ २०७७, आईतवार १४:००


भद्रपुर । भद्रपुर वडा नम्बर ९ स्थित हडिया खोला जल उपभोक्ता समितिले पुनरनिर्माण गरेको नहरको आय–व्यय सार्वजनिक गरेको छ ।

समितिले आर्थिक वर्ष २०७६÷७७ मा सिञ्चाइ डिभिजन कार्यालय झापाले दिएको करिव ५० लाख रकमबाट १६० मिटर नहर बेरियर सिस्टमबाट निर्माण सम्पन गरिदा ५१ लाख हाराहारी खर्च भएको विवरण सार्वजनिक गरेको हो ।

निर्माण संयोजक चुडामणि मैनालीले दिएको जानकारी अनुसार २ मिटर चौडाइ तथा एक मिटर उचाइ क्षमता भित्र चारपाटे बक्स बनाएर रडमा कंक्रिट मिश्रण गरी मुहान पट्टिबाट १६० मिटर नहर पक्की निर्माण गरिएको छ ।

उपभोक्ताको सहभागिता २ लाख तथा सिञ्चाइ डिभिजनको अनुदान समेत गरी ४९ लाख ३२ हजार ७२३ आम्दानी रहेको जानकारी दिँदै निर्माण संयोजक मैनालीले ५१ लाख खर्च भएको जनाएका छन् ।

नहर निर्माण स्थलमा पुरानो संरचनाका रुपमा ह्वुइमपाइपको पाइपलाइन रहेको थियो । पछिल्ला केही वर्षयता ह्वुइमपाइप धसिएर पाइपलाइनमा समस्या आउन थालेपछि पानी आगमनमा अवरोध सिर्जना हुँदा सो नहरको सिञ्चित क्षेत्रका कृषकले आवश्यकता अनुसार पानी उपभोग गर्न पाएका थिएनन् ।

उपभोक्ता समितिका अध्यक्ष होमनारायण प्रधानको सभापतित्व तथा वडा नम्बर ९ का कार्यवाहक अध्यक्ष रामप्रसाद दाहालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेकपा झापा जिल्ला कमिटी सदस्य नरेश सञ्जेल, नेकपा प्रदेश कमिटी सदस्य विष्णुप्रसाद शिवाकोटी, दिननाथ उप्रेती लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: