‘नाकाका अलपत्र नेपालीलाई क्वारेन्टाइनमा राख्नु’

  प्रकाशित मिति
१० चैत्र २०७६, सोमबार १९:५७


अर्जुन कार्की
मेचीनगर । प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले भारतबाट नेपाल प्रवेश गर्ने नागरिकलाई क्वारेन्टाइनमा राख्न निर्देशन दिएका छन् ।

मुख्यमन्त्री राईले पूर्वीनाका काँकरभिट्टाको सोमबार स्थलगत निरीक्षण गर्दै यस्तो निर्देशन दिएका हुन् ।

उनले काँकरभिट्टा नाकाको मेची पुलमा रोकिएका नेपालीहरुलाई प्रक्रिया पुर्याएर नेपाल प्रवेश गराउने जानकारी दिएका थिए ।

‘केन्द्र सरकार र गृह मन्त्रालयसँग यस विषयमा कुरा भइरहेको छ’, मुख्यमन्त्री राईले भने ‘नाकाबाट नेपालीलाई भित्र छिराएपछि क्वारेन्टाइनमा बस्नु पर्नेछ ।’

माथिको निर्देशन नआएसम्म केहि समय धैर्य गर्न सर्वसाधारणलाई उनले अनुरोध गरेका थिए । तर, साँझ छाडिएका नागरिलाई कतै पनि क्वारेन्टाइनमा राखिएको छैन । उनिहरु आ–आफ्नै तरिकाले घर फर्किएका छन् ।

सोमबार साँझ नाकामा रोकिएका सयौँ नेपालीलाई सरकारले छाड्न आदेश दिएको थियो । नाकामा रोकएका नेपाली तथा भारतीय दुवै पक्षका नागरिकलाई आवतजावतमा सहज गरिदिएको थियो ।

सरकारले आइतबार एकहप्ताका लागि चीन र भारतका सबै नाका बन्द गर्ने निर्णय गरेको थियो ।

नाका बन्द गर्ने निर्णयसँगै नेपाल र भारतबाट आवतजावत गर्ने सर्वसाधारणको नाकामा घुईचो लागेको थियो ।

भारत हिडेका सयौँको संख्यामा सर्वसाधारण मेची भन्सार कार्यालयको गेट छेउको लक्ष्मीनारायण मन्दिर परिसरमा प्रहरीले रोकेको थियो ।
सवारी आवगमन, पसल तथा बजारहरु पूर्णरुपमा बन्द रहेकोले खानबस्न व्यवस्था नभएकोले टाडाटाडाबाट आएका यात्रुहरु विचल्लीमा परेका थिए ।

त्यसैगरी भारतबाट नेपाल आएका सर्वसाधारणलाई मेची पुलमा शसस्त्र र जनपद प्रहरीले रोकेर राखेको थियो ।
फ्रान्सबाट नेपाल आएकी एक युवतीलाई कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएपछि नाकामा चेकजाँच कडा पारिएको छ ।
चीनको उहान सहरबाट विश्वभर फैलिरहेको उक्त संक्रमणले नेपालमा पनि देखा पर्न शुरु गरेको छ ।

मुख्यमन्त्री राईले संक्रमणबाट बच्न अब हरेक नेपालीले घरबाट निस्किन बन्द गर्नु पर्छ, सावुन पानीले हात राम्ररी धुनु पर्छ, मास्क अनिवार्य लगाउने, भीडभाड नगर्ने, भेला नगर्ने लगायतका उपाया अपनाउन जरुरी भएको बताएकाछन् ।

उनले प्रदेश सरकारले ५० लाखको कोष खडा गरेको बताए । स्थानीय सरकारलाईसमेत आइसोलेशनका सबै तयारी पुरा गर्न निर्देशन दिएका थिए ।

प्रदेश सरकारले त्यसका लागि आवश्यक सहयोग गर्ने बचन उनले दिए । एकसय बेडको आइसोलेशन कक्षको तयारी गरिएको समेत जानकारी दिए । मुख्यमन्त्री राईले नाकाका अलपत्र नेपालीलाई आआफ्नो स्थानीय तहमा पठाएर क्वारेन्टाइनमा राख्न अनुरोध गरेकाछन् ।

मुख्यमन्त्री राईको नेतुत्वमा काँकरभिट्टा गएको निरीक्षण टोलीमा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, सांसद् गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, नेकपा झापा अध्यक्ष चिन्तन पाठक, झापाका प्रमुख जिल्ला अधिकारी उदय राना मगर, एसपी कृष्णप्रसाद कोइराला, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मिना उप्रेती पोखरेल, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी राजेन्द्र पोखरेल, शसस्त्र गुल्मका डिएसपी ज्ञानमणि पौडेल लगायत थिए ।

यसैगरी मेचीनगर र भद्रपुरमा स्थानीय नगरपालिकाको पहलमा क्वारेन्टाइनका पर्याप्त बेडहरु व्यवस्था गरिएका छन् ।
मेचीनगर–४ मा पनि क्वारेन्टाइन शुरु गरिएको क्वारेन्टाइन समितिका संयोजक एवम् वडाध्यक्ष नविन बरालले जानकारी दिए ।

मेचीनगर–४ को सरस्वती मावि, वडा नं. ११ को स्वास्थ्य चौकी भवन र वडा नं. ७ को माइती नेपालको भवनमा क्वारेन्टाइन तयार पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: