नाकामा कोरोना जाँच बिना धमाधम नेपाल भित्राउँदै (फोटो फिचर)

  प्रकाशित मिति
१३ जेष्ठ २०७७, मंगलवार १४:२२


अर्जुन कार्की

मेचीनगर । भारतको सीमा नाका पानीट्याङ्कीबाट लुकिछिपि आएका सयौँ नेपाली नागरिकहरुलाई कोरोना जाँच बिना धमाधम नेपाल भित्राइदै छ ।

पानीट्याङ्कीबाट लुकिछिपि मेची पुल आएका सयौँ नेपाली नागरिकहरुलाई कोरोनाको जाँच बिना स्थानीय र प्रहरीको सहयोगमा गाडीमा हाल्दै सम्बन्धीत जिल्ला पठाउन थालिएको हो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डिएसपी राजेन्द्र पोखरेलले भारतको सीमा नाकाबाट मेची पुल आएका उनीहरुलाई पोखरा र दोलखा बसमा हालेर पठाउने तयारी गरिएको बताए ।

स्थानीय निजी गाडीहरुले जिल्ला प्रशासन कार्यालयबाट पास लिएर भारतबाट आएका पैसा भएका नेपालीहरुलाई धमाधम लाने तयारी गरेको छ ।

पैसा नभएका नेपालीहरुलाई काँकरभिट्टा माविको होल्डिङ सेन्टरमा राखिने जनाएको छ ।

मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाको टोलीले सामान्य फिवरको चेकजाँच गर्ने तयारी गरेको छ ।

आरडीटी र पीसीआर टेष्ट नगरी काँकरभिट्टा नाकाबाट मङ्गलबार दिउँसो पोखराका लागि ४० र दोलखाका लागि करिव ७० जना नेपालीहरुलाई बसमा हालेर लाने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: