नाकामा ‘ट्राभल हिस्ट्री’ हेरेर मात्र आरडीटी परीक्षण

  प्रकाशित मिति
१ असार २०७७, सोमबार ११:२८


।। अर्जुन कार्की ।।

मेचीनगर । पूर्वी सीमा नाका काँकरभिट्टामा भारतबाट आउने नागरिकको ‘ट्राभल हिस्ट्री’ हेरेर मात्र ¥यापिड डायग्नोस्टिक टेस्ट (आडीटी) परीक्षण गरिन थालिएको छ ।

भारतको दिल्ली, मुम्बई, महाराष्ट्र लगायत प्रभावित क्षेत्रबाट आउने नेपालीहरुको ‘ट्राभल हिस्ट्री’ हेरेर मात्र आरडीटी परीक्षण गरिन थालिएको हो ।

काँकरभिट्टामा आठदिनमा भारतबाट आएका २८१ जना नेपाली नागरिकहरुको आडीटी गरिएको नेपाली नागरिक स्वदेश आगमन सहजिकरण समितिका संयोजक जनक कोइरालाले बताए ।

मेचीनगर–६ स्थित काँकरभिट्टा माविको खेलमैदानमा नेपाली सेना लगायतको संयुक्त स्वास्थ्य टोलीले गत जेठ २५ गतेदेखि भारतबाट आएका उक्त संख्याका नेपालीहरुको कोराना सम्बन्धि आरडीटी चेकजाँच गरिएको छ ।

गत जेठ २५ गते ४६ जना, २६ गते ५२ जना, २७ गते ९८ जना, २८ गते २५ जना, २९ गते २१ जना, ३० गते ८ जना, ३१ गते १७ जना र ३२ गते १४ जनाको आरडीटी परीक्षण गरिएको थियो ।

८ दिनमा २८१ जनालाई आरडीटी परीक्षण गर्दा १० जनामा आरडीटी पोजेटिभ भेटिएको संयोजक कोइरालाले बताए ।

आरडीटी पोजेटिभ भेटिएका मध्ये ६ जना मेचीनगरका, ३ जना विराटनगर र १ जना सुनसरीका थिए । उनीहरु सबै जनालाई भद्रपुर स्थित मेची क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो ।

मेचीनगरका छैजनाको पीसीआर टेष्ट गरिएको थियो । उनीहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई होम क्वारेन्टाइनमा पठाइएको छ ।

संयोजक कोइरालका अनुसार किट अभावका कारण भारतबाट आउने नेपालीहरुको ‘ट्राभल हिस्ट्री’ हेरेर मात्रै नाकामा आरडीटी टेष्ट गरिने छ ।

विशेष गरेर भारतको दिल्ली, मुम्बई, महाराष्ट्र लगायत प्रभावित क्षेत्रबाट आउने नेपालीहरुको मात्र यहाँ आरडीटी टेष्ट गरिने संयोजक कोइरालाको भनाई छ ।

नेपालमा कोरोना संक्रमित अधिकांश भारत र तेस्रो मुलकबाट आएका नेपाली नागरिकहरुबाट भएको छ ।

नाकामा कोरोना चेकजाँचका नाममा आरडीटी र फिवर मात्र परीक्षण गरिएपछि संक्रमितको संख्या नेपालमा बढ्दै गएकोमा सवत्र विरोध हुन थालेको छ ।

भारतबाट आउने नागरिकको पीसीआर टेष्ट गरेर मात्र नेपाल भित्राउन विभिन्न ठाउँमा नागरिकहरुले प्रर्दशन समेत गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: