नाकामा तस्करीको विगविगी, १९ लाखको सामान बरामद

  प्रकाशित मिति
२७ श्रावण २०७७, मंगलवार २०:१९


प्रहरीले आज बरामद गरेको अवैध सामान

मेचीनगर । मेचीनगरको सीमा क्षेत्रमा अवैध सामान तस्करीको विग विगी बढ्न थालेको छ ।

मङ्गबार र सोमबार मात्र मेचीनगरबाट प्रहरीले १९ लाख रुपैयाँ भन्दा बढीको अवैध सामान बरामद गरेको छ ।

आज विहान १ वजे मेचीनगर नगरपालिका वडा नं. १५ स्थित हेल्दुबारीबाट ओरियन कम्पनीका १८ लाख ७९ हजार ६ सय रुपैयाँ बराबरका औषधिहरु इलाका प्रहरी कार्यालय काँकरभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाले बरामद गरेको हो ।

भारतबाट लुकाई छिपाई नेपालतर्फ भन्सार छली लैजादै गर्दा ओरियन कम्पनीका ९८२ बट्टा औषधिहरु नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डिएसपी राजेन्द्र पोखरेलले बताए ।

त्यस्तै कचनकवल गाउँपालिका वडा नं. ६ स्थित बनियानी पुलबाट अबैध रुपमा भारतबाट भन्सार छलेर ल्याउदै गरेको ३१ हजार ५ सय मुल्य बराबरको युरिया मल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बरामद गरिएको समानहरु मेची र भद्रपुर भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ । अवैध सामानहरु प्रहरीले पटक–पटक पक्राउ गरेपनि सीमा क्षेत्रबाट तस्करी भने रोकिएको छैन् ।

तस्करी नरोकिनुमा कस्को कमजोरी हो ? स्थानीय भन्छन् –‘नाकामा जति वटा सुरक्षाकर्मीहरुको पोष्टहरु थपिए पनि तस्करी रोकिदैन । स्थानीय सरकार र प्रहरी –प्रशासनले नाकामा कडाइ गरे तस्करी स्वतः रोकिने छ ।’

स्थानीय सरकारका एक जिम्मेवार जनप्रतिनिधिका अनुसार सीमा नाकामा सुरक्षाकर्मीका जति वटा पोष्ट थपिए त्यति तस्करी मौलाएको छ ।

।। अर्जुन कार्की ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: