झापामा पर्यटन दिवस मनाइयो

  प्रकाशित मिति
११ आश्विन २०७३, मंगलवार १३:१७


20160927_101130
झापा । विश्व पर्यटन दिवस झापामा उपलब्धिमूलक र रचनात्मक ढङ्गबाट मङ्गलवार मनाइएको छ । हरेक सेप्टेम्वर २७ मा मनाइने विश्व पर्यटन दिवस विविध कार्यव्रmम गरी मनाउने गरिएको छ ।
विगतमा पर्यटन कार्यालयले आयोजना गर्दै आएको विश्व पर्यटन दिवस यस वर्ष पर्यटन कार्यालयको सहकार्यमा झापा ट्राभल्स सङ्घले आयोजना गरेको थियो । त्यसमा झापामा सञ्चालित टुर्स एण्ड ट्राभल्सहरु, एयर कम्पनीहरु, होटल व्यवसायीहरुले सहयोग पुर्याएका थिए ।20160927_103535

सङ्घले पर्यटन दिवस मनाउने सन्दर्भमा काँकरभिट्टा, भद्रपुर र विर्तामोडमा कार्यव्रmम आयोजना गरेको हो । पहिलो कार्यव्रmम काँकरभिट्टा, दोस्रो भद्रपुर एयरपोर्ट परिसर र अन्तिम कार्यव्रmम विर्तामोडको मुक्तिचोकमा सम्पन्न गरिएको आयोजक सङ्घका अध्यक्ष शङ्कर भट्टराईले बताए ।

काँकरभिट्टामा विहान नेपालतर्फ भित्रिएका तिनजना बेलायती नागरिकलाई नाकामा स्वागत गरिएको थियो । झापाा क्षेत्र नम्वर १ का सांसद रविन कोइरालाको प्रमुख आतिथ्यमा समारोह आयोजना गरिएको थियो ।

paryatan-pic-1

सङ्घका अध्यक्ष शङ्कर भट्टराईको अध्यक्षतामा आयोजित समारोहमा पेमा तामाङले स्वागत गरेका थिए । कार्यव्रmममा प्रमुख जिल्ला अधिकारी मदन भुजेल, विराट पर्यटन प्रवर्धन समिति सदस्य मीना उप्रेती, मेचीनगर विकास समितिका अध्यक्ष दुर्गा सापकोटालगायतले नेपालमा पर्यटन दिवसको सान्दर्भिकता र आवश्यकता बारे चर्चा गरेका थिए । सो अवसरमा मेची पुलबाट नेपालतर्फ प्रवेश गर्ने सडकको दुवैतर्फका किनारमा फूल तथा विभिन्न जातका आकर्षक बिरुवा रोपण गरिएको थियो ।

यसैगरी, भद्रपुर विमानस्थल परिसरमा सङ्घका उपाध्यक्ष गोपाल खनालको अध्यक्षतामा समारोह आयोजना गरिएको थियो । ट्याक्सी व्यवसायी सङ्घका सचिव हरि गौतमले स्वागत गरेको कार्यव्रmममा प्रमुख अतिथि नागरिक उड्डयन कार्यालय प्रमुख पूर्ण चूडालले भारतलगायत बङ्गलादेश, भूटानसम्मको यात्रा पूर्वी नाकाबाट छोटो भएकाले बताए । उनले पर्यटकहरुका लागि भद्रपुर विमानस्थल अत्यन्त उपयोगी भएकाले विमानस्थलको क्षमतामा बृद्धि गर्नुपर्नेमा जोड दिए । विमानस्थल परिसरमा पनि फूल तथा विभिन्न किसिमका विरुवा रोपिएको छ ।
विर्तामोडको मुक्तिचोकमा आयोजित समारोहको अध्यक्षता सङ्घका अध्यक्ष शङ्कर भट्टराईले गरेका थिए भने कार्यव्रmमको सञ्चालन सङ्घका निवर्तमान अध्यक्ष नेत्रबहादुर कार्कीले गरेका थिए ।

कार्यव्रmममा बालकल्याण माविमा गठित बालकल्याण बाल क्लवका भाइबहिनीले विभिन्न जाति–समुदायको संस्कृति झल्कने नृत्यहरु प्रस्तुत गरेका थिए ।

दिवसकै अवसरमा सङ्घले पर्यटकीय क्षेत्रहरुको सरसफाइलाई मध्यनजर गर्दै विमानस्थललगायत झापाका पर्यटकीय क्षेत्रहरुमा डस्टविन वितरण गरिएको उपाध्यक्ष गोपाल खनालले बताए । सौर्य एयरलायन्सले उपलब्ध गराएको ३० थान डस्टविन वितरण गरिएको र विभिन्न निकाय तथा संस्थाहरुको सहयोगमा किनिएको ५ सय वटा बिरुवा रोपण गरिएको थियो । दिवस सम्पन्न गर्न बुद्ध तथा यति एयरलाइन्सले १५÷१५ हजार रुपैयाँ सहयोग गरेको उपाध्यक्ष खनालले जानकारी दिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: