नाका खोल्न र होल्डिङ सेन्टर हटाउन माग गर्दै काँकरभिट्टामा मौन जुलुस

  प्रकाशित मिति
१० मंसिर २०७७, बुधबार १६:१५


मेचीनगर, १० मंसिर । होटल व्यवसायी संघ मेचीनगर र ट्राभल संघ झापाको अगुवाइमा आज काँकरभिट्टामा मौन जुलुस प्रर्दशन गरेका छन् ।

रोगले होइन भोगले मान्छे मर्न थाले, व्यवसायी बन्दीले जनता मरे आर्थिक मन्दीले, सीमा नाका आवतजावतमा सहजीकरण गर लगायतका नाराका साथ होटल व्यवसायी र ट्राभल संघको अगुवाइमा बुधवार काँकरभिट्टामा मौन जुलुस प्रर्दशन गरिएको हो ।

होटल व्यवसायी र ट्राभल संघका एकसय भन्दाबढी सञ्चालक, कर्मचारी, मजदुर र स्थानीयबासीहरुले हातमा प्लेकार्ड बोकेर दिउसो काँकरभिट्टा बजार परिक्रमा गरेका थिए ।

होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल) र ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्की (नेत्रं) ले गत चैत ११ गतेदेखि बन्द भएको सीमा नाका खोल्न र काँकरभिट्टाको होल्डिङ सेन्टर हटाउन माग गरेका थिए ।

८ महिनादेखि नाका बन्द भएकाले पर्यटकहरु नआएकाले होटल सञ्चालन गर्न धौधौ परेको होटल व्यवसायी संघ मेचीनगरका सचिव हस्तबहादुर तामाङले बताए ।

होल्डिङ सेन्टरबाट अनधिकृतरुपमा साना तथा ठुला गाडीमा बुक गरेर विभिन्न स्थान पठाउदा यात्रु मारमा परेको अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: