झापा, २७ कार्तिक । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि चारवटै सिमामा लगाईदै आएको प्रतिबन्ध मंसिर ३० गतेसम्म लम्ब्याइएको छ ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले उक्त निर्णय गरेको सुचना तथा सन्चार मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए । यसअघि कात्तिक ३० गतेसम्म उक्त प्रतिबन्द थियो ।
चैत ११ यता नेपालका सबै स्थल नाकाबाट नेपालीबाहेकलाई प्रवेशमा रोक लगाईदै आएको छ ।