नागरिकता किर्ते मुद्दाका फरार व्यक्ति पक्राउ

  प्रकाशित मिति
२ श्रावण २०७७, शुक्रबार १६:२२


 

भद्रपुर, २ साउन । नागरिकता कीर्ते मुद्दामा फरार रहेका एक व्यक्तिलाई चार बर्षपछि प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ ।

पक्राउ पर्नेमा तत्कालीन ताप्लेजुङ डुम्रिसे एकुवे घर भई हाल बुद्धशान्ति गाउँपालिका–४ का ४२ बर्षीय भीमबहादुर खड्का रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा सोही स्थानबाट शुक्रवार पक्राउ गरेको हो ।

नागरिकता कीर्ते मुद्दामा वि.सं. २०७३ जेठ ३१ गते झापा जिल्ला अदालतको फैसला अनुसार उनलाई एक बर्ष छ महिना कैद र रु. पाँच हजार ५५० जरिवाना ठहर गरेको थियो ।

उनलाई अदालतमा पेश गर्दा तत्कालीन अवस्थामा तोकिएको कैद भुक्तानको लागि झापा कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: