नायक फरक परेपछि

  प्रकाशित मिति
२९ बैशाख २०७७, सोमबार ०९:०७


                       रामचन्द्र उप्रेती

 

तिमी उसलाई फगत तानाशाहा देख्छौ
म उसलाई तानाशाहाका बिरुद्धमा
आजीवन लडेको योद्धा देख्छु, महानायक देख्छु ।

उ बोल्दा
तिमीलाई बकबक गरेको लाग्छ, उखाने भन्छौ,
म सपना फिजाएको देख्छु,
सपनाको भारी बोकेर हिँडने बाटो कोरेको देख्छु ।
तिमी बिना काम ताउरमाउर गरेको देख्छौ,
म नायकले बाटो बनाएको देख्छु, अवरोध हटाएको देख्छु,
समृद्धिको यात्रामा सबैलाई डो¥याएको देख्छु ।

तिमी उसले देखेको सपनालाई
हावाहुरीमा उडेको पात सम्झन्छौ,
र, खिल्ली उडाउँछौ ।
म उसले मेरा सपनाहरुमा रङ भरेको देख्छु ।

उ बिरामी हुँदा
म चिन्तित हुन्छु
तर तिमी मनमनै खुसी हुन्छौ र भन्छौ,
यस्तो बिरामीले सपना देख्नु हुदैन
जिम्वेवारी बोक्नु हुदैन ।

उसले देशमा समृद्धि र खुसीको कुरा गर्दा
तिमीलाई खै किन हो ऐठन हुन्छ
तर म मेरा सपनाहरु व्युँतिएको अनुभव गर्छु ।
उसका गोडा चिप्लिदा तिमी बेस्सरी हास्छौ,
र लडाउने दाउ खोज्छौ ।
म उसलाई उठाउन तम्सन्छु र भन्छु
केही भएको छैन अलिअलि धुलो लागेछ ।

उसले गल्ती गर्दा
तिमी हट्टहास हाँसो हास्छौ,
र देशलाई सुनाउछौ, अनि भन्छौ यस्ताले शासन गर्ने ?
उसको गल्तीमा मेरो मन दुख्छ, भन्छु यस्तो गल्ती गर्नु हुदैनथ्यो नि ।
उनी फिस्स हास्छन् र भन्छन् ‘सरी’ गल्ती भएछ, सच्याउछु ।
तर तिमी यसैलाई ठूलो अस्त्र ठानेर उसलाई सिध्याउन जागिरहन्छौ ।

मेरो नायक बसेको आसनमा तिम्रो नायक पनि बसेको देखेको हुँ,
मानेको हुँ ।
मेरो नायक गल्ती मात्रै गर्ने तर तिम्रो नायक कहिल्यै गल्ती नगर्ने
तिम्रो बुझाईसँग म सहमत हुन सकिन ।

सपनासम्म देख्न नसक्ने, अरुले देखेको सपना बोक्न नसक्ने
तिम्रो नायक अरुलाई नायक मान्न कहिल्यै तयार भएको देखिन ।
त्यसैले सके आपैm नायक बन्ने
नसके अरुलाई नायक नमान्ने र रडाको गरिरहने,
तिम्रो नायकको यो प्रबृत्ति हो । यो मेरो बुझाई हो ।

देश संकटमा भएको समयमा,
बाटो विराएर अलमलिएको बेलामा,
कहिले भित्रैबाट र कहिले बाहिरबाट घाँटि अठ्याएको बेलामा
तिम्रा नायकहरु हावा कताबाट चल्छ भनेर कान थापेको देखेको छु ।
तर मेरा नायकले पद, सत्ता, जस, अपजसको तुलोमा
आपूmलाई जोखेको पाइन ।

मेरो नायकले एउटा सपना बोकेको छ,
जिर्ण र कमजोर शरिर लिएर
सपनाको भारी उचाल्दै उकालो हिँडिरहेको देखेको छु ।
तिम्रो नायक स्वस्थ छन्, तर सपना छैनन् ।
सपना बोक्ने मेरो नायकलाई गलहत्याएर सिध्याउने एउटै धोको देखिन्छ ।

मेरा नायकले
आफ्नो सबै सम्पति राष्ट्रका नाममा सुम्पने घोषणा गर्दा पनि,
तिमी विरोध मात्रै गर्छौंं,
किनकि तिमीमा बिरोधको चेत बाहेक बाकि नै केही छैन जस्तो लाग्छ ।

तिमी विधिका कुरा गर्छौं,
मेरो नायक विधि अनुसार नै धुरीमा बसेका हुन् ।
मेरो नायक सपनाको विस्कुन फिजाएर जनतामा गएका हुन्,
जनताले पत्याएर देशको मुखिया भएका हुन् ।
विधिको कुरा गर्नेले समयको बेरालाई मान्नु पर्छ,
समयको बार भत्काएर विधिको खिल्ली उडाउँदै छौ ।

तिमी भ्रष्टचार, बेथिति, अराजकता, मनपरि बढ्यो भन्छौ,
म घट्यो भन्छु ।
भ्रष्टचार, बेथिति, अराजकता, मनपरी,
थियो, छ र भोली पनि रहन्छ ।
तर, त्यो घटनु पर्छ, घटदै जानुपर्छ ।
अहिले घटेको छ, विकास अगाडि बढेको छ,
शुसासनले सास फेर्न सक्ने भएको छ,
तथ्यले भन्छ ।
तर तिमी त्यो मान्न तयार छैनौ
किनकि तिमीसँग बिरोधको चेतमात्र बाकि छ ।

तिमीले अलि राम्ररी ठम्याउन सके थाहा पाउने थियौ,
शुसासन र अनुसासन अहिले बढेको छ ।
सत्ताको वरिपरि बसेर कमाउने, जोगाउने र जोगिनेहरुको,
फायल तानिदैछ, धमाधम पोल खोलिदैछ,
पहुँचवालाको पसीना छुटेको छ ।
सजिलै कमाउने, जोगाउने, नायक पाल्ने र रवाफ फर्माउनेहरु
पीडाले छटपटाएका छन्,
तिनको स्वर्ग धरमराउन थालेको छ ।
त्यसैले मन्त्री फेर्ने कुरा गर्छन्, सरकार फेर्ने कुरा गर्छन् ।
यो कुरा आपैm बोल्न सक्तैनन् त्यसैले नायकहरुलाई उचाल्छन् ।

ओम्नी, यति र सत्तरी करोडको अडियो विर्षिएको भनेर सोध्ने छौ,
म खुला मनले भन्छु आउ सँगै यसमा सत्यको खोजी गरौं ।
म तिम्रा नायकका पालामा पनि त यो भएको थियो नि भन्दिन,
तर, म सिँगान पुछ्ने कुरा गर्छु, तिमी नाक काट्ने कुरा गर्छौ ।

तिमी भन्छौ मेरो नायकले कुनै राम्रो काम गरेन
म भन्छु यो तिम्रो दृष्टि दोष हो ।
किन कि, तिमीमा मेरो नायक प्रति घनघोर आग्रह र पुर्वाग्रहले बास गरेको छ ।
तिम्रो भित्री मनले तिम्रो नायकसँग पद प्रतिष्ठाको आश गरेको छ ।
त्यसैले तिमी नायक फेर्न चाहन्छौ, आपूm मन्त्री भएको हेर्न चाहन्छौ ।
मन्त्री हुन नसक्नेहरु पनि मेरो नायक फेर्न चाहन्छन्
मेरा नायकले बोकेका सपनाहरु भत्केको हेर्न चाहन्छन् ।
किन कि,
तिनमा पनि मेरा नायक प्रति घनघोर आग्रह छन्,
खोजी हेर यात्राको कुनै मोडमा तिनको स्वार्थमा कतै ठेस लागेको छ,
अथवा जन्मदै कुनै नायकको फेर समातेको छ ।

२०७७।०१।२७

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: