नारामै सीमित ‘प्लाष्टिक मुक्त’

  प्रकाशित मिति
२८ जेष्ठ २०७३, शुक्रबार १५:२७


काँकरभिट्टा । २०६८ साल माघ १ गते ठूलै तामझामका साथ मेचीनगर नगरपालिकालाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरियो । मेचीनगर नगरपालिका, मेची उद्योग वाणिज्य सङ्घ र विभिन्न एक दर्जन सङ्घसंस्थाको सहकार्यमा नगरलाई प्लाष्टिक मुक्त क्षेत्र घोषण गरिएको थियो । त्यसताकाको परिस्थितिलाई हेर्ने हो भने मानौं अब मेचीनगरमा कुनै प्रकारको प्लाष्टिकको प्रयोग हुँदैन ।

नगरका सारा मानिसले यसको समर्थन जनाए । तर, त्यो अवस्था छ महिना पनि टिक्न सकेन । त्यो तामझामसहितको कार्यव्रmममा जो सहभागी थिए, त्यही संस्थाका प्रतिनिधि तथा मानिसले यसको प्रयोगलाई कार्यान्वयन गर्न सकेनन् । अन्ततः फेरि नगरका हरेक पसलमा प्लाष्टिकको प्रयोग हुन थाल्यो । ‘यो सबैको कमजोरीले गर्दा हो’ मेचीनगरपालिकाका खाद्य अधिकृत दिपेन्द्र कार्कीले भने–‘सम्बन्धित निकायबाट निरन्तर अनुगमन हुन नसक्दा यसलाई कार्यान्वयन गर्न सकिएन । साथै कार्यान्वयन पक्ष फितलो भएका कारण पनि यसलाई प्रभावकारी रुपमा अगाडि बढाउन नसकिएको हो ।’

घोषणा गर्ने अनि कार्यान्वयन गर्न आपंmैँ पछि हट्नाले यस क्षेत्रमा अनावश्यक खर्चको बोझ बढिरहेको छ । साझेदारी संस्था मेची उद्योग वाणिज्य सङ्घका महासचिव ऋषि तिम्सिनाले प्लाष्टिकको झोला महँगो किसिमको आएकाले प्लाष्टिकको बिकल्प नरहेकाले कार्यान्वयन हुन नसकेको बताए । उनले देशव्यापी रुपमा यसको कार्यान्यवनमा कडाई नभएका कारण यहाँ पनि यसलाई कडाइका साथ कार्यान्वयन गर्न नसकिएको बताए ।

प्लाष्टिकको विकल्पको रुपमा मेचीनगरकै सहयोगमा विभिन्न सङ्घसंस्थाले कपडाको झोला पनि नबनाएका होइनन् । तर, त्यो झोला पनि महङ्गो भएका कारण प्रभावकारी हुन सकेन ।  सब्जी पसलदेखि किराना पसलसम्मका हरेक पसलमा लुकीछिपी प्लाष्टिकमा हालेर सामान दिन थाले । यतिसम्म कि हात्तीको देखाउने र चपाउने दाँत जस्तै पसलेले पनि बाहिर कपडाको झोेला राखे पनि लुकाएर प्रतिबन्धित झोला नै प्रयोग गर्न थाले ।

कार्यकारी अधिकृत गणेश तिम्सिनाको कार्यकालमा सुरु भएको यो अभियान बिफल भएपछि फेिर मेचीनगरले यो अभियान सञ्चालन गर्ने तयारी गरेको छ । जसका लागि मेचीनगरबासीले प्लाष्टिक झोलाको प्रयोगमा नियन्त्रण गर्न जनचेतनाको खाँचो रहेको औंल्याएका छन् ।

काँकरभिट्टामा आयोजित कार्यव्रmमका बक्ताले प्लाष्टिक झोला नियन्त्रण तथा नियमन बिषयक अन्तरव्रिmया कार्यव्रmममा दण्ड जरिवानाले मात्र प्लाष्टिक झोला नियन्त्रण गर्न सम्भव नहुने बताएका छन् । उनीहरूले प्लाष्टिक झोलाको प्रयोग र अव्यवस्थित बिर्सजनका हुन सक्ने जोखिमका बारेमा आमनगरबासीलाई जानकारी गराउन सके प्लाष्टिक झोला प्रयोगमा नियन्त्रण गर्न सकिने बताएका थिए ।

मेचीनगर नगरपालिकाको सहयोगमा नाइटचेस क्लब काँकरभिट्टाले आयोजना गरेको कार्यव्रmममा मेचीनगर नगरपालिकाका खाद्य अधिकृत दिपेन्द्र कार्की, नेपाली काङ्ग्रेस मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकी, नेकपा एमालेका जिल्ला सदस्य डिल्लीराम घिमिरे, एमाले मेचीनगर अध्यक्ष खेमराज पोखरेल, नेकपा माओवादी केन्द्रका मेचीनगर इन्चार्ज प्रकाश भण्डारी, राप्रपा नेपाल मेचीनगर अध्यक्ष सुशील आचार्य, काङ्ग्रेस मेचीनगर उपभापति सुरेन्द्र बुढाथोकी, धुलाबारी खानेपानी उपभोक्ता समितिका सचिव अजय घिमिरे, मेची उद्योग वाणिज्य सङ्घका बरिष्ठ उपाध्यक्ष ललित तामाङ, धुलाबारी जेसीजका अध्यक्ष लिलाप्रसाद भण्डारी, माओवादी केन्द्रका नेता माधव अर्याल, ज्ञानेन्द्र घिमिरे, राजु महर्जन, भुपाल शिवाकोटीलगायतले प्लाष्टिक झोला नियन्त्रणका लागि जनचेतनामुलक कार्यव्रmमसँगै नगरबासीलाई नैतिक रुपमा दबाव दिन दण्ड जरिवानाको समेत व्यवस्था गर्नु पर्ने बताए ।

नाइट चेस क्लबका अध्यक्ष शेरबहादुर बस्नेतको सभापतित्वमा सम्पन्न कार्यव्रmममा प्लाष्टिक झोलाको नियन्त्रण र नियमनका लागि आम नागरिकको धारणासहितको कार्यपत्र क्लबका अनुगमन अधिकृत गोविन्द न्यौपानेले प्रस्तुत गरेका थिए । कार्यव्रmमको सञ्चालन भगिरथ राईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: