नारी दिवसमा छात्राहरुलाई सेनिटर प्याड

  प्रकाशित मिति
२४ फाल्गुन २०७५, शुक्रबार १०:२०


भद्रपुर । आज १०९ औं अन्तराष्ट्रिय नारी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ । कतै महिला रयाली, कतै महिलाको सम्मान, सरकारी कार्यालयमा कार्यरत महिलाको विदा त कतै कोणसभा र भाषणका कार्यक्रमहरु हुने गर्छन् ।

एकदिन मात्र कार्यक्रम गरेर महिलाको अधिकार बारेमा चर्चा त हुन्छ तर उनीहरुको स्वास्थ्यको बारेमा कुनै कार्यक्रम हुँदैन ।

नारी दिवसको अवसर गरेर झापाको भद्रपुरमा बिहिबार बिद्यालयका छात्राहरुलाई महिनावारी भएका बेला प्रयोग हुने स्यानेटरी प्याड बितरण गरेर कार्यक्रमको अभियान शुरु भएको छ ।

भद्रपुर मारवाडी महिला मञ्चको प्रयासमा भद्रपुर क्षेत्रमा रहेका विद्यालयहरुमा अध्ययन गर्ने छात्राहरुलाई निःशुल्क प्याड उपलब्ध गराएको छ ।

भद्रपुर माध्यमिक बिद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत ३५० छात्राहरुलाई मारवाडी महिला मञ्चको आयोजनामा प्याड वितरण र मेची अञ्चल अस्पतालकी स्टाफ नर्स उमा सिग्देलले महिनाबारी भएका बेला हुने समस्या र प्याड प्रयोग बारे जानकारी गराएकी हुन् ।

भद्रपुर नगरपालिकाकी उपमेयर चन्द्रा श्रेष्ठले राज्यले गर्नुपर्ने काम मारवाडी महिला मञ्चले गरेकोमा प्रशंसा गरिन् ।

मारवाडी महिला मञ्चकी अध्यक्ष निकी साहेवालाले नारी दिवसको अवसरमा यो एकदिन कार्यक्रम होइन अभियानको रुपमा भद्रपुर नगरपालिका क्षेत्र भरिका विद्यालयहरुका छात्राहरुलाई निशुल्क प्याड वितरण गर्ने लक्ष्य रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: