नारी सञ्चार गृहको नवौं बार्षिक साधारणसभा सम्पन्न

  प्रकाशित मिति
२९ भाद्र २०७८, मंगलवार १९:१३


विर्तामोड, २९ भदौं । झापाली महिला पत्रकारहरुको छाता संगठन नारी संचार गृह झापाको नवौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।

विर्तामोडस्थित संस्थाको आफ्नै कार्यालयमा संस्थाका अध्यक्ष भीमा शिवाकोटीको अध्यक्षतामा साधारणसभामा सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाकी सचिव भूमिका सुब्बाले सांगठानिक प्रतिवेदन र आर्थिक प्रतिवेदन कोषाध्यक्ष ज्योस्ना श्रेष्ठले प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष सावित्रा दाहाल, नेपाल प्रेस युनियन झापाका सभापति इन्दु पूर्वेली, रेडियो विराटकी प्रबन्ध निर्देशक लीला अनमोल, विर्तामोड नगरपालिकाकी न्यायिक फाँटकी अधिकृत टिका लामिछाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

साथै, आजै बन्द सत्र समेत सम्पन्न भएको छ । बन्द सत्र सञ्चालनार्थ गठित ३ सदस्यीय अध्यक्ष मण्डलको संयोजकमा संस्थाकी निवर्तमान अध्यक्ष अम्बिका भण्डारी र सदस्यमा मनिषा चौलागाईं, मायामितु न्यौपाने  रहेका थिए । बन्द सत्रमा संस्थाका सचिव र कोषाध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन संशोधनसहित पारित भएको थियो । कार्यक्रममा स्वागत उपाध्यक्ष रेजिना गौतमले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: