नारी सञ्चार गृहको साधारणसभा

  प्रकाशित मिति
७ आश्विन २०७४, शनिबार १७:३९


nari

विर्तामोड । नारी सञ्चार गृह झापाको शनिवार नेपाल पत्रकार महासंघको सभाहलमा साधारणसभा सम्पन्न भएको छ ।

महासंघका अध्यक्ष तारामणि सापकोटाको प्रमुख आतिथ्यमा भएको प्रथम साधारणसभामा सूर्योदय टेलिभिजनकी प्रबन्ध निर्देशक विष्णु मैनाली, यलम्बर टाम्इसका सम्पादक दिपिन राई, पत्रकार महासंघकी उपाध्यक्ष भीमा शिवाकोटीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभामा नेपाल पत्रकार महासंघको कार्यसमितिमा निर्वाचित हुने संस्थाका सदस्यहरु भीमा शिवाकोटी, शुशीला संग्रौला, सुष्मा राजवंशी र केन्द्रीय पार्षदमा विजयी हुने अम्बिका भण्डारी, रेजिना रोदन, इन्दू पूर्वेली, स्वस्तिका आचार्यलगायतलाई संस्थाका अध्यक्ष सावित्रा दाहालले सम्मान गरेकी थिइन् ।

अध्यक्ष सावित्रा दाहालले प्रस्तुत गरेको प्रतिवेदनमा पत्रकारिता पेशामा रहेर पेशागत मान्यतालाई आत्मसात गर्दै क्रियाशील पत्रकार महिलालाई सम्मान गर्ने उद्धेश्यले १ लाखको अक्षण कोषको स्थापना गरिने जनााएको छ ।

जिल्लाभर रहेका सञ्चार संस्थामा आवद्ध पत्रकार महिलाहरु संगठित भएर २०६९ सालमा यो संस्थाको स्थापना गरिएको थियो ।

संस्थाकी अध्यक्ष दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव अम्बिका भण्डारीले सञ्चालन गरेकी थिइन् भने स्वागत मन्तव्य संस्थाकी सदस्य इन्दू पूर्वेलीले गरेकी थिइन् । साधारणसभाले आगामी कार्तिकभित्रमा संस्थाको दोस्रो अधिवेशन गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: