नारी सञ्चार गृहलाई वडाध्यक्ष पवित्राको सहयोग

  प्रकाशित मिति
२० बैशाख २०७६, शुक्रबार १४:३२


झापा । नारी सञ्चार गृहले स्थापना गरेको ‘नारी प्रोत्साहन अक्षयकोष’लाई विर्तामोड नगरपालिका वडा नम्बर ९ की वडाध्यक्ष पवित्रा पाठकले नगद १० हजार रुपैयाँ सहयोग गरेकी छिन् ।

उनले विहीबार गृहले आयोजना गरेको झापाका महिला वडाध्यक्ष र मेचीनगरका दलित महिला सदस्यहरुसँगको अन्तरक्रिया कार्यक्रममा सो रकम संस्थाकी अध्यक्ष अम्बिका भण्डारीसहित कार्यसमितिका पदाधिकारीलाई हस्तान्तरण गरेकी हुन् ।

सञ्चार गृहले झापाका विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकार महिलाहरुको क्षमता अभिवृद्धि गर्ने र उनीहरुलाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गर्नका लागि सो अक्षयकोषको स्थापना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: