नारी सञ्चार गृहलाई सहयोग

  प्रकाशित मिति
२३ फाल्गुन २०७६, शुक्रबार १६:५३


झापा । ११० औँ अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर नारी सञ्चार गृह झापाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषका लागि बिर्तामोडकी कविता कार्की कडरियाले सहयोग रकम हस्तान्तरण गरेकी छन् ।

बिर्तामोड–५ निवासी कडरियाले कोषका लागि दश हजार एकसय पाँच रुपैयाँ मेची आँखा अस्पतालमा नारी सञ्चार गृहका उपाध्यक्ष तथा अक्षयकोष बृद्धि तथा परिचालन समितिका संयोजक भिमा शिवाकोटीसहित संस्थाका पदाधिकारीलाई सहयोग रकम हस्तान्तरण गरेकी हुन् ।

रकम हस्तान्तरण गर्दै आँखा अस्पतालको आउटरिच अफिसर रहेकी कडरियाले फराकिलो सोच राखेर महिला सञ्चारकर्मीले स्थापना गरेको संस्थालाई सहयोग गर्न पाउँदा खुशी लागेको बताइन् ।

सो अवसरमा आँखा अस्पतालका प्रशासन प्रमुख सुरज रौनियारले सञ्चार गृहले दीर्घकालिन सोच राखेर कोष स्थापना गरेकोमा धन्यवाद दिँदै आफ्नो साथ सहयोग रहने बताइन् ।

संस्थाको लक्ष्य प्राप्तिका लागि कडरियाले गरेको सहयोगप्रति सञ्चार गृहका उपाध्यक्ष शिवाकोटीले धन्यवादसहित आभार व्यक्त गरेकी थिइन् ।
संस्थाले बहुउद्देश्यीय लक्ष्य राखेर २५ लाखको अक्षयकोष स्थापना गर्न शुरु गरेको कोषमा १० लाख भन्दाबढी रकम संकलन भइसकेको उनले जानकारी दिइन् ।

कार्यक्रममा नारी सञ्चार गृहकी सचिव रेजिना गौतम, सहसचिव स्वस्तिका आचार्य, कोषाध्यक्ष शुशिला संग्रौला लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: