नारी सञ्चार गृहसहित चारवटा संस्थालाई सहयोग

  प्रकाशित मिति
२२ पुष २०७७, बुधबार १८:२४


भद्रपुर, २२ पुुस । भद्रपुरका सामाजिक व्यक्तित्व रमेश पोखरेलको परिवारले आफ्ना दिवंगत पिता शिवप्रसाद पोखरेलको वार्षिक पुण्यतीथिको दिन पारेर विभिन्न सामाजिक संघ–संस्थालाई सहयोग प्रदान गरेका छन् ।

पोखरेल परिवारले नारी सञ्चार गृह झापासहित बिर्तामोड र भद्रपुरका ४ वटा सामाजिक संघ–संस्थालाई सहयोग रकम प्रदान गरेको हो ।

भद्रपुर स्थित कृष्ण द्वैपायन वेद विद्याश्रम गुरुकूलमा अक्षयकोष स्थापनाका लागि ५० हजार संस्थाका अध्यक्ष राजेन्द्र चापागाँईलाई प्रदान गरिएको कार्यक्रममा चन्द्रगढी स्थित कालिमन्दिर निर्माण समितिलाई निर्माण सहयोगार्थ २५ हजार, झापाली पत्रकार महिलाहरुको छाता संगठन नारी सञ्चार गृहले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोष र बहुभाषिक बहुसांस्कृतिक क्षितिज नाट्य समूहद्वारा निर्माणाधिन नाटक घरलाई जनहि ११ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

गोविन्द पोखरेको अध्यक्षता तथा बालानन्द दुग्ध पोखरेल प्रतिष्ठानका अध्यक्ष राजकुमार पोखरेलको प्रमुख आतिथ्यतामा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि पोखरेलले रमेश पोखरेलका परिवारले गरेको कामले समाजलाई सामथ्र्यवान बनाउन सहयोग पुग्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष एकराज गिरी,
नारी सञ्चार गृह झापाकी अध्यक्ष भीमा शिवाकोटी, क्षितिज नाट्य समूहका अध्यक्ष माधव कल्पित लगायतले बोलेका थिए ।

कार्यक्रममा दुई करोडको अक्षय कोष स्थापनाको लक्ष्य राखेको जानकारी गराउँदै कृष्ण द्वैपायन वेद विद्याश्रम गुरुकूलका अध्यक्ष चापागाँईले दाताले पितृको नाममा स्थापना गरेको अक्षयकोषबाट प्राप्त रकमबाट पितृको पुण्यतिथीका दिन बटुकलाई भोजन गराइने बताए ।

त्यस्तै कालीमन्दिर निर्माण समितिका अध्यक्ष भीम पौडेलले पूर्वकै नमूनाका रुपमा बनाउन लागिएको कालीमन्दिरको ऐतिहासिकता, वर्तमान र मन्दिर निर्माणको भावी लक्ष्यबारे अवगत गराएका थिए ।

कार्यक्रममा स्वागत तथा औचित्यमाथि प्रकाश पार्दै दाता रमेश पोखरेलले आफ्ना पिताजीले समाजमा गर्छु भनेर अधुरा छोडेर गएका कामहरुलाई पूर्णता दिने कार्यको प्रारम्भ स्वरुप सहयोग रकम हस्तान्तरण गरिएको बताए ।

सोही अवसरमा बालानन्द दुग्ध पोखरेल प्रतिष्ठानकाका अध्यक्ष राजकुमार पोखरेललाई एकलाख ५० हजार बराबरको बैंक भौचर प्रदान गर्नुका साथै पाथीभरा देवीलाई समेत भेटी स्वरुप पाँच हजार रुपैयाँ छुट्याएको जानकारी दिए ।

सो अवसरमा पोखरेलकी श्रीमती विमला पोखरेल, भाउजु तथा भतिजाहरुसहित छर–छिमेकी र आफन्तको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन विष्णु पोखरेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: