मेचीनगर, १२ माघ । नेपालको सबैभन्दा कम जनसंख्या भएको गाउँपालिका मनाङको नार्पाभूमि हो ।
२०७८ को जनगणना अनुसार यहाँको जनसंख्या ४४२ जना रहेको छ ।
मनाङको उत्तरी भेगमा रहेको यो पालिका चीनसँग जोडिएको छ ।
पाँच वटा वडा रहेको यस पालिकाको अध्यक्ष मिमा छिरिङ लामा र उपाध्यक्ष कोनजो तेन्जिङ लामा रहेका छन् ।
यस अघिको जनगणनामा पालिकामा १२२ परिवारका ५३८ जना बसोबास गर्दथे ।
तर नयाँ जनगणनामा परिवार र जनसंख्या घटेको छ ।