निको भइसके कोरोना लागेका आधाभन्दा बढी विरामी

  प्रकाशित मिति
२६ फाल्गुन २०७६, सोमबार ०६:००


मेचीनगर । आइतवार दिउँसो १२ बजेसम्ममा विश्वका १०३ देशका १ लाख ७ हजार ४ सय ९१ जना मानिस कोभिड–१९ नामक ज्यानमारा कोरोना भाइरसबाट सङ्क्रमित भइसकेका छन् ।

हरेक दिन विश्वमा भइरहेको घटनाको तथ्याङ्क अपडेट गर्दै आएको वल्र्डमिटर नामक अनलाइनका अनुसार सो अवधिसम्मा कोरोना लागिसकेर उपचारपछि ६० हजार ९ सय १४ जना विरामी निको (पूर्ण स्वस्थ) भइसकेका छन् भने अब विश्वभर ४२ हजार ९ सय २५ जना मात्र विरामी बाँकी छन् ।

A Health medical team officer detect body temperature or “thermoscan” at the domestic arrival terminal of Sultan Iskandar Muda International Airport in Aceh Besar, Aceh Province, on January 27, 2020. Supervision and anticipation of the spread of corona viruses that plague from Wuhan China, Airport authorities regulate thermoscan for passengers and tourists who arrive in Aceh through international and domestic arrivals at Sultan Iskandar Muda International Airport. Based on Chinese government data, the death toll from the corona virus outbreak reached 80 people with more than 2,300 infected. (Photo by Oviyandi Emnur/INA Photo Agency/Sipa USA)(Sipa via AP Images)

आतङ्क फैलाइरहेको कोरोना भाइरस सङ्क्रमण भइसकेर उपचारपछि निको भएकाहरु ५० प्रतिशतभन्दा ज्यादा छन् । विरामी अवस्थामा रहेका ४२ हजार ९ सय २५ जनामध्ये ६ हजार ४० जना अर्थात् १४ प्रतिशत मात्र गम्भीर अवस्थामा छन् । ८६ प्रतिशत अर्थात् ३६ हजार ८ सय ८५ जनाको अवस्था स्थिर छ ।

कोरोना लागेर मृत्यु भएकाहरुको सङ्ख्या मात्र ३ हजार ६ सय ५२ रहेको छ । यो आँकडा कूल सङ्क्रमितको ६ प्रतिशत मात्र हो ।

मृत्यु हुने औसत उमेर ८१ रहेको छ । मुटु रोग, मधुमेह, श्वासप्रश्वास र उच्च रक्तचापबाट ग्रसित अर्थात् रोगसँग लड्न सक्ने शारीरिक क्षमता (इम्युनिटी पावर) न्यून भएकाहरुमा कोरोनाको सङ्क्रमण बढी जोखिमपूर्ण भएको मृत्युका घटना विश्लेषणबाट पत्ता लागेको छ । इम्युनिटी पावर बलियो भएका र कम उमेरका मानिसलाई कोरोनाले ज्यान लिने जोखिम अति कम हुने बताइएको छ ।

वल्र्डमिटर अनलाइनले विश्वसनीय स्रोतबाट तथ्याङ्क लिने गरेको जनाएको छ । जसमा नेपाल, श्रीलङ्का र भूटानमा एक–एक जनालाई कोरोना सङ्क्रमण भएको र हाल पूर्णरुपमा निको भइसकेको उल्लेख गरेको छ । तर नेपाल सरकारले नेपालमा कोरोना सङ्क्रमणको बारेमा केही जानकारी दिएको छैन ।

छिमेकी मुलुक चीन कोरोनाबाट सबैभन्दा बढी सङ्क्रमित रहेको छ । जहाँ आइतवारसम्ममा ८० हजार ७ सय १ जनालाई सङ्क्रमण भएकोमा ३ हजार ५७ जनाको मृत्यु भएको छ ।

अर्को छिमेकी मुलुक भारतमा ३९ जना सङ्क्रमित फेला परेकोमा कसैको पनि मृत्यु भएको छैन । शक्तिशाली मुलुक अमेरिकामा हालसम्ममा ४ सय ४७ जनामा सङ्क्रमण देखिएको छ भने १९ जनाको मृत्यु भइसकेको छ ।

चीनपछि दक्षिण कोरिया, इरान र इटालीमा कोरोना प्रभावितको सङ्ख्या बढिरहेको छ ।
…………………

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: