निको भए ‘ट्री मेन’

  प्रकाशित मिति
४ चैत्र २०७२, बिहीबार ०५:०७


hand
ढाका । बङ्गलादेशका २६ बर्षीय अब्दुल बजन्दरलाई अहिले र पहिलेको आफु एउटै व्यक्ति हो भन्ने सत्य पनि ‘सपना’ जस्तो लाग्छ । किनकि, उनी पहिले रुखको जरा जस्ता हात र खुट्टा बोकेर बर्षौदेखि अभिशप्त जीवन गुजारिरहेका थिए । अहिले उनका हात र खुट्टा सलक्क परेका छन्् । उनकै भाषामा अब उनले कुरुपबाट ‘सुन्दर मानिस’को अवतार फेरेका छन् ।

खासमा कुरो के हो भने अब्दुललाई १६ बर्षको उमेरदेखि हात र खुट्टामा डरलाग्दो ऐजेरु पलाउने रोगले सताएको थियो । ती पलाएका ऐजेरु काल्पनिक राक्षसका नङ्ग्रा जस्ता लाग्थे । साँच्चै भन्ने हो भने ती ऐजेरु सुकेको रुखको जरा जस्ता देखिन्थे । केटाकेटीहरू अब्दुलको छेउमा आउनै डराउँथे । गाउँमा कुनै आमाले छोराछोरी रोए भने ‘चुप लाग नत्र अब्दुलकोमा पुर्याइदिन्छु’ पनि भ्याएका थिए ।

‘ट्री मेन’ अर्थात ‘रुख मान्छे’को उपनाम पाएका उनको गत महिना राजधानीस्थित ढाका मेडिकल कलेजमा चमत्कारिक अपरेशन गरेर ऐजेरु पुरै हटाइएको छ । अपरेशनमा मात्र साढे चार घन्टा लागेको मेडिकल कलेजका डाइरेक्टर डा. सामन्तलाल सेन बताउँछन् । ‘अब्दुल एकदमै खुशी देखिए’, डा. सेन अपरेशनपछि होश फर्किएको क्षण बारे भन्छन्–‘उनले पहिला आफ्ना हात र खुट्टा हेरेँ, अनि आँशु झार्दै हाँसे ।’

गरीव परिवारका अब्दुलको स्वास्थ्य उपचारमा बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले समेत चासो व्यक्त गरेकी थिइन् । अब्दुलको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने प्रधानमन्त्री हसिनाले घोषणा गरेकी थिइन् ।

अब्दुलकी पत्नी हलिमा खातुनले पनि अपरेशनपछि सर्वप्रथम उनको हात र खुट्टा नै नियालेकी थिइन् । जब लामा लामा डरलाग्दा ऐजेरु त्यहाँ थिएनन्, हलिमा खुशी देखिएकी चिकित्सकहरू बताउँछन् ।

डाइरेक्टर डा. सेनका अनुसार विश्वमा अब्दुलको जस्तो समस्या अहिलेसम्ममा तीन जनामा मात्र फेला परेको छ । यस रोगलाई चिकित्सकहरूले ‘इपिडर्मोडिसप्लासिया भरुसीफोर्मोसिस’ भन्ने गरेका छन् । यो छालामा हुने एक प्रकारको ‘डिसअर्डर’ हो । यसका कारण हात र खुट्टामा विस्तारै कडा प्रकृतिको ऐजेरु पलाएर बढ्ने गर्छ ।

अब्दुलको उपचार अघिको तस्वीर छाप्दा एएफपीले कमजोर मुटु भएकाहरूलाई नहेर्न ‘वार्निङ’ नै गरेको थियो । अपरेशन गरेको उनको शरीरबाट ११ केजी ऐजेरु फालिएको छ ।

‘म दश बर्षदेखि दर्दसँग सङ्घर्ष गरिरहेको थिए’, अब्दुलले उपचार पछि खुशी हुँदै भनेका छन्–‘अब म खुशी भएको छु, सबैभन्दा पहिला म मेरी सानी छोरीलाई यही हातले काखमा बोक्न चाहन्छु ।’

अहिले उनी डाक्टरहरूको ‘अब्जर्भेसन’मै छन् । उनी घर गएर सग्ला हात खुट्टाले पौरख गर्दै परिवारको भरणपोषण गर्न चाहन्छन् ।

एपीएफ

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: