मेचीनगर, ३ जेठ । दक्षिण झापाको कचनकबल–७ मा शनिवार दिउँसो निगुरो टिप्न जङ्गल पसेका स्थानीय ८२ वर्षीय वृखबहादुर राईको हात्तीको आक्रमणमा मृत्यु भएको छ ।
प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार दिपज्योति सामुदायिक बनमा वृद्ध राई निगुरो टिप्न गएका थिए । जङ्गली हात्तीको आक्रमणमा उनको घटनास्थलमै मृत्यु भएको थियो ।