भारत– पाकिस्तान तनावको अन्तर्य

  प्रकाशित मिति
१९ आश्विन २०७३, बुधबार १७:४६


सन् १९४७ को युद्ध पश्चात भारत–पाकिस्तान टुक्रिनु नै एशियाली मुलुकका लागि ठूलो विडम्बना हो । एउटा ठूलो शक्ति दुईतिर विभाजित हुनु आफैमा दुखद हो । यो आडम्बर र अदुरदर्शी राजनीतिको परिणाम पनि हो । त्यसमाथि भारतको ठूलो समस्या आतङ्कवादलाई सङ्रक्षण दिनु र दोश पाकिस्तानलाई लगाउनु पनि हो । स्मरण रहोस्, सन् २००६ मा मुम्बईको ताज होटलमा आतङ्कवादीसँग ७२ घण्टा लामो युद्धबाट प्रष्ट छ । एउटा पाँच तारे होटलभित्र कसले र कसरी हात हतियार भित्रियो ?

एनडी टिभीले आतङ्कवाद सरगहनाको पर्दाफास गर्नुमा कुनै कसरत छेडेको थिएन । भूमिका प्रज्ञा साधवी र मुम्वईका केटी धन्नजयले आतङ्कवादसँग जोडिएको खुलाशा एनडी टिभीले गर्यो । जसको मुद्धा सुप्रिम आदेश अनुसार भारतीय जनता पार्टीनिकट सङ्गठन आरएसएसका केही व्यक्तिहरुलाई अदालत उपस्थित गराउनका लागि नोटिस जारी गरियो । त्यसको दुई दिनपछि भारतको राजनीतिले नयाँ मोड दियो । मुम्बई ताज होटलकाण्डमा बीजेपी सफल भयो । ताज होटल काण्ड पश्चात पूरा विश्वको ध्यानार्कषण कशाव र अफजलमाथि खिचियो । उनीहरु मुश्लिम थिए । तर, प्रज्ञा साधवी हिनदु भएकै कारण जोगिएको भारतीय बौद्धिक वर्गमा चर्चा हुने गरेको छ ।
सन् २०१४ को चुनावका बेला पाकिस्तानी आतङ्कवादीले ७ जना भारतीय सेनाको हत्या भयो । फेरि भारतीय जनता पार्टी र नरेन्द्र मोदीले काँग्रेसलाई निशना बनाई भोट बटुल्न सफल भयो । भाषणको नारा एउटै थियो – ‘अच्छे दिन आएङ्गे ।’ आतङ्कवाद अन्त्य गर्ने र कालोधन फिर्ता ल्याउने उनको गर्जना थियो ।

तर, के–के ल्याए त मोदीले ? विजय मालियालाई भगाउनुमा मोदीको ठूलो हात छ । भारतमा विभिन्न जातीय सम्प्रदा भड्काउने, अम्बानी ग्रुपसँगको घोटाला आदि । नेपालसँगको मित्रताको पुलबाट पानीमाथि कब्जा गर्नका लागि नेपाली राजनितिमा चलखेल गरी पेट्रोल, ग्याँसमा प्रतिबन्द लगाउनु, खड्गप्रसाद ओलीको सरकारलाई विघठन गराई आफू अनुकूलको नयाँ सरकार बनाउनु, नेपालको संविधानमा हिन्दी भाषालाई मान्यता दिन जस्ता कदमले यसको पुष्टि गर्छ । भारतीय आतङ्कवादीले स्कूलमा विष्फोटन गराउने जस्ता क्रियाकलापमा हुनुमा को दोषी हो ?

यी सबै कुराले आफ्नो विफलता देखिन थालेपछि, मिडियाले उठाउन थालेपछि मोदी नेतृत्वको भारत सरकार उडी आक्रमणको प्रतीक्षामा थियो । दोश पाकिस्तानमाथि आएपनि कुनै न कुनै रुपमा भारतको पनि संलग्नता देखिन्छ । विश्वले नबुझेको कुरा के हो भने होटल ताजमा हमला हुनु, संसद् भवनभित्र हमला हुनु, आर्मी क्याम्पभित्र हमला हुनु, सेनाको ब्यारेकभित्र खजमा भान्सेहरु जलेर जीवन गुमाउनु आदि भारतीय नेतृत्वको अदुरदर्शिताको पराकाष्टा हो । देश र जनताको सुरक्षा गर्छु भन्ने सैनिकलाई दोषी भन्न मिल्दैन किनभने खोट भारतीय नेतृत्वमै छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: