निजी क्षेत्रबाटै ‘किसान परिचयपत्र’ वितरण शुरु

  प्रकाशित मिति
१७ पुष २०७७, शुक्रबार २१:४३


झापा, १७ पुस । झापा गाउँपालिका–३ स्थित एग्री सेन्टर प्रालि झापाले जिल्लाकै नमुनाका रुपमा ‘किसान परिचयपत्र’ वितरण गर्न शुरु गरेको छ ।

सेन्टरले विहीबारदेखि कृषक परिचयपत्र वितरण गर्न शुरु गरेको हो ।

किसानहरुको पहिचान गरि कृषि पेशालाई गर्व गर्न लायक र कृषिबाट सामाजिक, पारिवारिक समृद्वि ल्याउनका लागि किसान परिचित हुनु नै पहिलो आधार हो भन्ने मान्यताका साथ परिचयपत्र वितरण गरिएको सेन्टरका सञ्चालक चन्द्रप्रसाद बस्नेतले बताए ।

कृषक परिचयपत्र पाएका किसानहरुले ‘किसान क्रेडिट कार्ड’ प्राप्त गर्न योग्य हुने उनले बताए । कृषक परिचयपत्र पाएका किसानलाई कम्पनीबाट मल, बीउँविजन, विषादी तथा कृषि औजार खरिदमा समेत छुट पाउने व्यवस्था गरेको बस्नेतले जानकारी दिए ।

बस्नेतले भने ‘हामीले सहजताका लागि किसानका उत्पादित बस्तुको बजारीकरणमा समन्वय, अनुदानका कार्यक्रममा कम्पनीका तर्फबाट पहल, कृषि यन्त्रीकरणका लागि गाउँपालिकासँग सहकार्य गर्ने लगायतका कामहरु सेन्टरले गर्नेछ ।’

कस्ता किसानलाई परिचयपत्र वितरण गर्नु हुँदैछ भन्ने पत्रकारको प्रश्नमा नेपालमा जग्गा धनिपुर्जाको प्रमाणपत्र भएका, नेपाली नागरिक, कृषिमा आत्मनिर्भर भएका, फौजदारी अभियोग नलागेका, कृषिमा आधुनिकीकरण भएका र मेहनती, परिश्रमी इमन्दार किसानलाई परिचयपत्र वितरण गरिएको बस्नेतको भनाइ छ ।

झापा गाउँपालिका–३ का स्थानीय महेश उराँवले परिचयपत्र पाएकोमा खुसी व्यक्त गरे । उराँवले कृषक परिचयपत्र पाएपछि कम्पनीका तर्फबाट किसानलाई फसल तयार गर्न सहज हुने विश्वास व्यक्त गरेका थिए ।

कृषि ज्ञान केन्द्रकी विषादी निरीक्षक एजिना खड्काले किसान परिचयपत्र वर्गीकरणबाट गर्नुपर्ने बताइन् ।

साना किसान, ठुला किसान कसलाई किसान मान्ने भन्ने बारे ठ्याक्कै भन्न नसकिएको उनले बताइन् । ‘सेन्टरले निजी क्षेत्रका तर्फबाट वितरण गरेको परिचयपत्र हो, उहाँहरुले कुन मापदण्डका आधारमा किसानलाई परिचय पत्र वितरण गर्नु हुँदैछ, यसबारे अहिले केही भनिहाल्न सकिँदैन’ –खड्काले भनिन् ।

सरकारी कार्यालयबाट आर्थिक वर्ष २०७१÷७२ मा सुरु भएको ‘किसान परिचयपत्र’ वितरण कार्यक्रम १० जिल्लामा पुगेर टुंगीएको थियो । किसान वर्गीकरणको कार्यविधिनै अपूर्ण भएपछि अहिलेसम्म सबै जिल्लामा उक्त कार्यक्रम पुग्न सकेको छैन ।

।। केशव चापागाई ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: