निजी लगानीमा राजमार्गमा पुल

  प्रकाशित मिति
१६ आश्विन २०७३, आईतवार ११:५८


7
विर्तामोड । सामाजिक सेवा भने पछि हुरुक्कै हुने विर्तामोडका शिक्षासेवी जयनारायण ढुङ्गानाले निजी लगानीमा पुल निर्माण गरेर समाजसेवाको थप उदाहरण प्रस्तुत गरेका छन् ।

विर्तामोडको मुक्तिचोक नजिक अदुवा खोलामा ४० वर्ष अघि निर्माण गरिएको एउटा पक्की पुलले पूर्व पश्चिम राजमार्ग ओहोरदोहोर गर्नेलाई थेग्ने स्थिति नभएको सबैलाई थाहा थियो । नेता, जनप्रतिनिधि, व्यवसायी लगायत सबैलाई समस्या थाहा भए पनि त्यहाँ अर्को पुल निर्माणतर्फ कसैले पहलकदमी लिएनन् ।
समाजसेवी ढुङ्गानाले यही ज्वलन्त आवश्यकतालाई मनन् गरी अदुवा खोलाको अहिलेको पक्की पुल दक्षिणतिर फलामको अर्को पुल निर्माण गरेका छन् । जसको शनिवार एक समारोहविच विधिवत उद्घाटन गरिएको छ ।

४ फिट ९ इञ्च चौडा र ५७ फिट लम्वाई रहेको फलामे पुलबाट पैदल यात्री, साइकल, मोटरसाइकल, रिक्सा र सिटी रिक्सा सजिलै ओहोरदोहोर गर्न सक्छन् ।
शङ्कराचार्य पीठ साधुटारका उपाध्यक्ष आचार्य लक्ष्मीप्रसाद खतिवडाले रिबन काटेर पुलको उद्घाटन गर्दा वरपर उभिएर कार्यक्रमलाई नियालिरहेका सयौँ पैदल यात्रीले समेत तालीको गडगडाहटले हर्ष व्यक्त गरेका थिए ।

पुलका निर्माता जयनारायण ढुङ्गानाकै सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा बोल्ने विर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष बलराम कार्की, इलाका प्रहरी कार्यालय विर्तामोडका डीएसपी खड्गबहादुर खत्री, जिल्ला ट्र«ाफिक प्रहरी कार्यालय झापाका प्रमुख ढुण्डीराज गिरी, राजेन्द्र चौलागाइँ, नैनकला भट्टराई, सुरेश चापागाइँ, प्रेम खरेल लगायतले दाताको खुलेरै प्रशंसा गरेका छन् । नवनिर्मित फलामे पुलबाट ट्राफिक प्रहरी कार्यालयका प्रमुख गिरीले पहिलोपल्ट मोटरसाइकल कुदाएर पुल पार गरेका थिए ।

पुलका निर्माता ढुङ्गानाले दानमा गरिएको सामाजिक कार्य भएकाले खर्चको विवरण प्रचारमा ल्याउन अनिच्छा देखाएका छन् । कनकाई एजुकेसन फाउन्डेसनका संस्थापक उनी जिल्लामै दानवीरको रुपमा परिचित छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: