निजी विद्यालयका चालक आन्दोलित

  प्रकाशित मिति
८ बैशाख २०७३, बुधबार ०९:४८


बिर्तामोड । अखिल नेपाल ट्रेड युनियन महासंघको घटक नेपाल यातायात मजदुर निजी विद्यालय चालक संघ आन्दोलित भएको छ ।
तलब बृद्धिको मागप्रति प्याब्सन तथा एन प्याब्सनले वेवास्ता गरेको भन्दै निजी बिद्यालयका सवारी चालक आन्दोलनमा उत्रिएको हुन् । संघले तीन सुत्रीय माग राखी प्याब्सन र एनप्याब्सनलाई गत फागुन ३० गते ज्ञापनपत्र बुझाएको थियो ।

मागप्रति कुनै सुनवाई नभएपछि चालक संघले गत चैत २७ गते बिज्ञप्ती जारी गरी सचेत गराएको थियो । सात दिन भित्रमा पनि समस्या समाधान गर्न सम्बन्धित निकाय गम्भीर नबनेकाले आन्दोलनमा उत्रन बाध्य भएको चालक संघका अध्यक्ष पदमलाल तामाङले बताए ।
उनका अनुसार बैशाख १० गतेदेखि प्याब्सन र एन प्याब्सन अन्तरगतका बिद्यालयका सवारी साधनको सेवा ठप्प पारिने छ । संघले तलब बृद्धि, दशैं खर्च, निःशुल्क शिक्षा सम्बन्धी माग अघि सारेको हो ।

ठूलो बस÷मिनी बस चालकको न्युनतम तलब १८ हजार कायम गरिनु पर्ने, माइक्रो बस चालकको न्युनतम तलब १६ हजार हुनु पर्ने, सानो भ्यान गाडीको चालकलाई न्युनतम १४ हजार रुपैयाँ दिनु पर्ने, सहचालकहरुलाई न्युनतम पारिश्रमिक ९ हजार ७ सय रुयैयाँ तोक्नु पर्ने माग राखेको छ ।

त्यस्तै दशैं खर्च बापत खाइपाई आएको एकमहिना बराबरको तलब खर्च उपलब्ध गराउनु पर्ने, कार्यरत चालक तथा सहचालकहरुको एकजना बच्चालाई निःशुल्क शिक्षा प्रदान गरिनु पर्ने माग राखिएको छ ।

अध्यक्ष तामाङले राजपत्रमा उल्लेख भए अनुसार सबै चालकको न्युनतम पारिश्रमिक ९ हजार ७ सय रुयैयाँ हुनु पर्ने बताए । यद्यपि कतिपय जिल्लाका निजी बिद्यालयले आफुखुशी पारिश्रमिक तोकेर चालकमाथि श्रमशोषण गरिरहेको उनले आरोप लगाए । ‘केही बिद्यालयले १२ हजार रुपैयाँसम्म पारिश्रमिक दिएका पनि छन् ’ तामाङले भने ‘ तर, धेरैजसो चालकहरु न्युन तलबमा काम गर्न बाध्य छन्, पारिश्रमिकमा एकरुपता छैन ।’

झापामा प्याब्सन र एनप्याब्सन अन्तरगत करिब चारसय बिद्यालय सञ्चालनमा छन् । त्यसमा एक सय ६२ जना भन्दा बढी चालक तथा सहचालक संगठित रुपमा कार्यरत रहेको अध्यक्ष तामाङले जानकारी दिए ।

अखिल नेपाल यातायात मजदुर संघका महासचिब तथा अखिल नेपाल ट्रेड युनियन महासंघ झापा कोषाध्यक्ष भूपाल ओलीले निजी बिद्यालयमा कार्यरत यातायात मजदुरको जिविकोपार्जन अत्यन्त कष्टकर रहेको बताए । उनले चालकको मागप्रति निजी बिद्यालयले वेवास्ता गरेकाले बाध्य भएर आन्दोलनमा उत्रनु परेको बताए । अखिल नेपाल ट्रेड युनियन महासंघ झापा अध्यक्ष सीता सापकोटाले चालक मजदुरहरुको आन्दोलनमा आफुहरुको समर्थन रहेको बताइन् । उनले मजदुरमारा काम नगर्न निजी बिद्यालयलाई आग्रह गरिन् ।

सात दिने अल्टिमेटम सकिएपछि चालक संघले बुधबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । पहिलो चरणको कार्यक्रम अन्तरगत बैशाख १० गते जिल्लाभरका निजी बिद्यालयका सवारी चलाउन नदिने, ११ गते बिभिन्न स्थानमा शान्तिपूर्ण र्याली गर्ने र १२ गते प्याब्सन तथा एन प्याब्सनको कार्यालयमा धर्ना दिने रहेको छ । यस बिचमा पनि समस्या समाधानमा गम्भीर नबने थप सशक्त आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने महासंघका कोषाध्यक्ष ओलीले बताए । उनले आफुहरु वार्ताबाटै समस्याको समाधान खोज्ने पक्षमा रहेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: