निजी स्कुललाई शुल्क लिने बाटो खुल्यो

  प्रकाशित मिति
२५ भाद्र २०७७, बिहीबार १५:११


मेचीनगर, २५ भदौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’ जारी गरेको छ ।

अनलाइन कक्षा सञ्चालन गरिरहेका निजी स्कुलहरुले अब निर्देशिका बमोजिम शुल्क लिने बाटो खुला भएको छ ।

मन्त्रालयले अनलाइन लगायत वैकल्पिक विधिबाट गरिने शिक्षणलाई मान्यता दिएसँगै शुल्क लिन पाइने भएको हो । तर शुल्क लिन अनिवार्य रुपमा सम्बन्धित स्थानीय तहले भने स्वीकृति दिनुपर्नेछ ।

मन्त्रालयले जारी गरेको निर्देशिकामा शुल्क सम्बन्धी व्यवस्थामा, ‘विद्यालयले लिन पाउने शुल्क प्रचलित कानूनको अधिनमा रहि स्थानीय तहले स्वीकृत गरे बमोजिम हुनेछ,’ भन्ने उल्लेख छ ।

यसअघि निजी विद्यालयले अनलाइन कक्षाको शुल्क मागेपछि मन्त्रालयले नतिर्नू भनेको थियो ।

निजी विद्यालयहरुले पनि सरकारीमा जस्तै असार १ गतेदेखि अनलाइन लगायत वैकल्पिक विधिबाट पठनपाठन जारी राखेका छन् ।

(सेतो पाटी)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: