धुलावारी । निन्दा कृषि सहकारी संस्था लि.को नवौँ वार्षिक साधारणसभा युवा सहकारीकर्मी नरहरि नेपालको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
मेचीनगर–१० धुलावारीमा प्रधान कार्यालय रहेको निन्दा कृषि सहकारीको साधारण सभा शनिवार रोयल निर्भान होटलमा भएको थियो ।
साधारणसभाले उपाध्यक्षमा यादव शिवाकोटी, सचिवमा तेजन पोखरेल, सहसचिवमा निलुबहादुर कार्की, कोषाध्यक्षमा सारिका अधिकारी र सदस्यमा उदय बराइली, बसन्ती सुब्बा, उर्मिला भण्डारी खड्का, शेखर खड्का र कृष्ण काफ्लेलाई सर्वसम्मत चयन गरेको छ ।
यस अघि संस्थाको अध्यक्ष प्रकाश खड्का थिए । उनकै अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।
सभाले राधिका क्षेत्रीको संयोजकत्वमा तेजबहादु आचार्य र हरिप्रसाद सिटौला सदस्य रहेको लेखा समिति समेत सर्वसम्मत चयन गरेको छ ।
मेचीनगर–१० का वडाध्यक्ष सुदय पनेरु प्रमुख अतिथि रहेको उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य कृष्ण कनाल, पूर्वीद्वार सहकारी संस्थाका संस्थापक अध्यक्ष वीपी भट्टराई र संस्थाको कृषि समितिका संयोजक रामहरि नेपालले अतिथिको रुपमा शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
उदय बराइलीले सञ्चालन र तेजबहादुर आचार्यले स्वागत गरेको उद्घाटन कार्यक्रमकै अवसरमा स्थापनाकालीन सदस्य मोहम्मद अलीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा अध्यक्ष प्रकाश खड्काले संस्थाको तर्फबाट प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारणसभाले आगामी ३ वर्षभित्र मेचीनगरलाई अग्र्यानिकीकरण गर्न महत्वपूर्ण योगदान गर्ने र कृषि गतिविधि गर्नेहरुसँग मात्र बचत तथा ऋणको कारोवार गर्ने निर्णय गरेको छ ।