।। देबेन्द्र खरेल ।।
मेचीनगर । श्रीलङ्काबाट बच्चा कोरल्न नेपाल आउने स्वर्गचरी मेचीनगर–१ निन्दा सिरानमा फेला परेको छ ।
भँगेरा जत्रो जिउ र लामपुच्छ्रेको जत्रो लामो पुच्छर भएको सेतो रङको सो चरा अति आकर्षक देखिन्छ ।
मङ्गलवार चराको खोजी गर्दै जाँदा सो चरोको फोटो खिचिएको हो । गर्मी छल्ने सिजनमा बच्चा कोरल्न नेपाल आउने गरेको यो चरा हिउँदयाममा समेत भेटिनु प्रकृतिपे्रमीका लागि नौलो तथा अति कौतुहलपूर्ण छ ।
मेचीनगर नेपालकै धेरै चराले बासस्थान बनाएको क्षेत्र हो । यहाँ विश्वमै दुर्लभ मानिएको राजधनेष लगायतका चरा पाइएको छ ।