निरौलालाई प्रोत्साहन र आचार्यलाई प्रोत्साहित पत्रकारीता पुरस्कार

  प्रकाशित मिति
२१ श्रावण २०७९, शनिबार २१:२६


काँकरभिट्टा, २१ साउन । प्रेस क्लब मेचीनगरले बार्षिक अधिवेशन तथा साधारण सभाको अवसरमा दुई जना पत्रकारलाई पुरस्कृत गरेको छ ।
शनिबार काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाको सभाहलमा सम्पन्न साधारण सभाले मेचीनगर प्रोत्साहन पत्रकारीता पुरस्कारबाट क्लबका पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौला सम्मानित भएका छन् ।

उनले नगद ११ हजार १११ रुपैयाँ सहित सम्मानित भएका थिए । त्यस्तै मेचीनगर प्रोत्साहित पत्रकारीता पुरस्कारबाट उदयमान पत्रकार युवराज आचार्य सम्मानित भएका छन् । उनले नगद ५ हजार ५५५ रुपैयाँसहित सम्मानित भएका हुन् ।

दुवै जनालाई सो पुरस्कार मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: