निर्मलालाई कर्मठ पुरस्कार

  प्रकाशित मिति
१९ कार्तिक २०७४, आईतवार १०:४६


मेचीनगर । सुसेली साहित्यिक परिवारले यस बर्षको बेदकुमारी रेग्मी कर्मठ महिला पुरस्कार मेचीनगरकी नगरकार्यपालिकाकी सदस्य निर्मला परियारलाई प्रदान गर्ने निर्णय गरेको छ ।

सुसेली साहित्यिक परिवारको शनिवार सम्पन्न बैठकले त्यस्तो निर्णय गरेको हो ।

पुरस्कार पाउने महिला नेतृ निर्मलाले बर्षौदेखि मोटर बायकको ग्यारेज सञ्चालन गर्दै आएकी छन् । सुसेलीले उनको यही कर्मठ र साहसी कार्यको मूल्याङ्कन गरेर पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाइएको छ ।

सो पुरस्कार भद्रपुर निवासी प्रेरक व्यक्तित्व बेदकुमारी रेग्मीको नाममा स्थापना गरिएको हो । आगामी पुस २० गते रेग्मीको ८० औँ जन्म दिनको अवसर पारेर पुरस्कार प्रदान गरिने भएको छ

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: