निर्माण मजदूर संघमा कात्तिकलाल

  प्रकाशित मिति
१६ माघ २०७६, बिहीबार १९:२९


धुलाबारी । सुरक्षित भवन निर्माण मजदूर संघ मेचीनगरको तेस्रो साधारण सभाले अध्यक्षमा कात्तिकलाल राजवंशीलाई फेरी चयन गरेको छ ।

मेची उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न् साधारण सभाले उपाध्यक्षमा सन्तबहादुर तामाङ, सचिवमा चित्र राजवंशी, सहसचिवमा देवेन मेचे र कोषाध्यक्षमा रुद्रमान राजवंशी तथा सदस्यहरुमा कासीम मियाँ, कुञ्जरमणि धमला, कृष्णप्रसाद भट्टराई, किसमति राजवंशी, श्रिषलाल राजवंशी र शिवलाल चौंलागाई चयन भएका छन् ।

मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपाका जिल्ला सदस्य बन्धनकुमार मुण्डा, नेपाली काङ्ग्रेस मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकी, संघिय समाजवादी नगर अध्यक्ष ओमप्रकाश खापुङ, राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगर अध्यक्ष शुसील आचार्य, नेकपाका मेचीनगर सचिवालय सदस्य वीपी भट्टराई, राजपाका नगर अध्यक्ष अनिल राजवंशी लगायतले बोलेका थिए ।

संघको आयोजनामा सञ्चालित ५ दिने डकर्मी तालिम समेत सम्पन्न भएको थियो । तालिममा सहभागीहरुलाई प्रमुख अतिथि, अतिथिहरुले प्रमाण पत्र वितरण गरेका थिए ।

प्रशिक्षकहरु मेचीनगर नगरपालिकका इञ्जिनियर कमल कोइराला, इन्द्रबहादुर थापा, विशाल जवेगु, विवेक श्रेष्ठलाई आयोजकले सम्मान गरेको थियो ।

त्यस्तै, उत्कृष्ट कर्मचारी सम्मानबाट बसन्त राजवंशी र एलिसा राजवंशी सम्मानित भए ।

संघका अध्यक्ष कात्तिकलाल राजवंशीको सभापतित्व, सदस्य वीरु विष्टले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव हरि भट्टराईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: