विर्तामोड । निर्माण व्यवसायी सङ्घ झापाको अध्यक्षमा मिलन बस्नेत निर्वाचित भएका छन् ।
सङ्घको बुधबार सम्पन्न निर्वाचनमा ९४ मत ल्याएर बस्नेत अध्यक्षमा निर्वाचित भएका हुन् । उनी शनिअर्जुन निवासी हुन् । उनका प्रतिद्वन्द्वी दिपक खरेलले ७७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
सङ्घको १२ औँ अधिवेशनबाट नयाँ कार्य समिति चयन भएको हो । सहमतिबाट नेतृत्व छान्ने कसरत गरिए पनि अन्ततः निर्वाचन प्रव्रिmयामा जानु परेको थियो ।
सङ्घको प्रथम उपाध्यक्षमा ८३ मत ल्याएर शरद खनाल निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी नेत्रप्रसाद गौतमले ७७ मत प्राप्त गरे । त्यस्तै द्वितीय उपाध्यक्षमा मौसम थापा निर्विरोध निर्वाचित भएका छन् । तृतीय उपाध्यक्षमा ८३ मत ल्याएर प्रमानन्द भट्टराई विजयी भए । उनका प्रतिवद्वन्द्वी जगन्नाथ खनालले ७३ मत ल्याए ।
त्यस्तै महासचिवमा ओम पौडेल निर्वाचित भएका छन् । उनले ८३ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी पुष्पराज निरौलाले ७५ मत मात्र ल्याए । सचिवमा योगेन्द्र खड्का निर्विरोध निर्वाचित भएका छन् । कोषाध्यक्षमा हेमचन्द्र भट्टराई, सहकोषाध्यक्षमा चन्द्र खत्री पनि निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । सदस्यहरुमा पुकार चन्द्र राजवंशी, बलबहादुर लिम्बू, भवकिशोर केसी, यज्ञनिधी भूर्तेल, रमेश अधिकारी, लोकेन्द्र श्रेष्ठ, सञ्जीव थेवे, सिताराम ढुङ्गेल, सुरेन्द्र धिमाल, सुलभ खतिवडा तथा महिला सदस्यमा झुमा सिटौला निर्विरोध निर्वाचित भएका छन् ।