निर्वाचनको तयारीमा जुट्न प्रम ओलीको आह्वान

  प्रकाशित मिति
६ पुष २०७७, सोमबार १५:५८


झापा, ६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि निर्वाचनको तयारीमा जुट्न सबैलाई आहृवान गरेका छन् ।

आज अपरान्ह देशवासीको नाममा सम्बोधन गर्दै प्रम ओलीले निर्वाचनको तयारीमा जुट्न आहृवान गरेका हुन् ।

प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ मा निर्वाचान घोषणा गरेका ओलीले भने ‘निर्वाचनमा जाँदा संविधान अप्ठ्यारोमा पर्छ, लोकतन्त्र संकटमा पर्छ र मुलुक अस्थिरतातर्फ धकेलिन्छ भनेर चलाउन खोजिएका प्रचार र भ्रमहरु निराधार छ ।’

उनले राजनीतिक स्थिरताको प्रत्याभूति गर्ने निर्णायक तत्व जनताको अभिमत भएको बताउँदै कुनै कुरामा नअल्मलिई आम निर्वाचनको तयारीमा जुट्न आहृवान गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: