निर्वाचनप्रति जिम्मेवार बनौँ

  प्रकाशित मिति
४ मंसिर २०७४, सोमबार १०:४३


स्थानीय तहको निर्वाचन हामीले तीन चरणमै लगाएर भए पनि सफलतापूर्वक सम्पन्न गर्यौँ । लामो समयको अन्तराल पछि भएको स्थानीय तहको निर्वाचनमा जनताले पनि रामै्र साथ दिएका थिए पार्टीहरुलाई तथा स्थानीय उम्मेद्वारलाई । संविधान कार्यान्वयनको अर्को खुट्किलोे पनि मानिएको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन यही मङ्सिर १० र २१ गते हुँदैछ । तर, दलका प्रमुख तथा उम्मेद्वारलाई लक्षित गर्दै भइरहेको आव्रmमणले लोकतन्त्र वा पार्टीप्रतिको संवेदनशील प्रतिको निराशता पनि हुन सक्दछ । यसले राम्रो सङ्केत गरिरहेको छैन । उम्मेद्वारहरु आफ्नो चुनावी प्रसार खुलेआम ढङ्गबाट गर्न बञ्चित हुनु भनेको लोकतन्त्रप्रतिको सङ्कट हो । बेलैमा यसलाई सम्बोधन गर्न जरुरी छ । चिन्तक प्रदिप गिरीको शब्दमा भन्ने हो भने सानो भन्दा सानो सङ्गठनलाई पनि बेलैमा हामीले समेटिएन वा सम्बोधन गरेनौँ भने त्यसले भविष्यमा सङ्कट पैैदा गर्छ । माओवादी जनयुद्ध हुनभन्दा अघि हाम्रा नेताहरुले अलिकति पनि बुद्धिमता देखाएको भए जनयुद्धको मार नेपालले भोग्नु पर्दैन थियो भनेर गिरी बारम्बार आफ्नो कयौँ अन्तरवार्ताहरुमा भन्ने गरेका छन् ।

लोकतन्त्रको महान पर्व भनेकै निर्वाचन हो, यसबाट जनताले आफुले रोजेका व्यक्तिहरुलाई निर्वाचनको माध्यमबाट छनोट गरेर आफ्ना प्रतिनिधिको रुपमा पठाउने गर्दछन् तर यसो गर्नका लागि जनतामा कुनै डर त्रास हुनु हुँदैन । वातावरण निर्वाचनमय हुनुपर्दछ । तर अवस्था यसको विपरित हँुदै गयो भने लोकतन्त्रमाथि सङ्कट पैैदा हुन्छ । पूर्वसभामुख चढेको गाडीलाई लक्षित गर्र्दै बम आव्रmमण हुनु, पूर्व मन्त्रीहरुलाई लक्षित गर्दै आव्रmमण हुनुले स्वच्छ निर्वाचनप्रति सन्देह पैदा गर्न सक्दछ, आम जनतालाई । त्यसकारण राज्य गम्भीर जिम्मेवारी बहन गर्दै प्रत्येक नेपालीको सुरक्षाको प्रत्याभूति दिलाउन सक्नुपर्दछ । यस्ता घटनाहरुको विरुद्ध सशक्त निगरानी राख्दै दोषीलाई कडा कारबाही गर्न सक्नुपर्दछ । उम्मेद्वारलाई पर्याप्त सुरक्षा दिन सक्नुपर्दछ । भोट माग्ने अधिकारमा कुनै कमी हुनु हुँदैन र निर्वाचनको बखत जनताले पनि सोही ढङ्गबाट भोट लगाउने वातावरण राज्यले सिर्जना गर्नुपर्दछ ।

संविधानलाई कार्यान्वयनमा लैजानका लागि निर्वाचन अनिवार्य छ । देशलाई आर्थिक विकासतर्फ लानका लागि निर्वाचन अनिवार्य छ । अनि जनता पनि यो निर्वाचनप्रति अत्यन्तै आशावादी रहेका छन् । अब चाँहि दलहरुले केही गर्छन् कि देशका लागि भनेर आशावादी ढङ्गबाट पार्टीलाई भोट दिन लालयित छन् । त्यसकारण निर्वाचनको वातावरण बनाउन सरकार साथसाथै दलहरुको पनि भूमिका हुन जरुरी छ । निर्र्वाचन प्रणाली वा भोट लगाउने तरिका वा मतदाता शिक्षा अझ प्रभावकारी ढङ्गबाट लान जरुरी छ । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन नेपाली मतदाताका लागि नयाँ विषय पनि हो साथै यी दुवै निर्वाचन एकै साथ हुनुले मतदातामा केही जटिलता पनि पैदा गर्न सक्दछ । त्यसकारण घरघरमा गएर निर्वाचनमा मतदान गर्ने तरिकाको बारेमा जानकारी पनि गराउन जरुरी छ ।

यस्को मुख्य दायित्व निर्वाचन आयोगले नै लिनु पर्दछ । दलहरुले केवल आफ्नो चिन्हमा मात्र भोट लगाउने तरिका सिकाउने हुदा निर्वाचन आयोगले विस्तृत तरिकाबाट सिकाउन सक्दछ । मतदाता शिक्षाको कमीले गर्दा विगतका चुनावमा जस्तै मत रद्ध हुने सम्भावना बढी छ । त्यसमाथि यो पटक त दुईवटा चुनाव एकैसाथ हँुदैछ । यसले मतदातामा झन् जटिलत थपिएको छ । यस्ता समस्याहरुले गर्दा मतपरिणाममा असर गर्न सक्दछ । त्यसकारण बेलैमा हामीले संवेदनशील भएर सोच्नु पर्दछ । केवल चुनाव जित्ने दाउमा दलका प्रतिनिधिहरुले मतदाता शिक्षामा ध्यान नदिने हो भने त्यसले प्रभावकारी नतिजा ल्याउन सक्दैन । तर, दलहरुको ध्यान खासै त्यतातिर देखिदैन । केवल रेडियो र थोरै पत्रपत्रिकामा प्रसारण गरेको र छापेको भरमा ढुक्क हुनु हँुदैन ।
जनतालाई निर्वाचनको महत्व र आवश्यकता पनि बुझाउने काम हाम्रा दलका नेताहरुबाट हुन जरुरी छ । चुनाव जितिसकेपछि पनि घोषणापत्रको आधारमा काम गर्ने वा जनतालाई वाचा गरे अनुसार काम देखाउन जरुरी छ । हामी सर्वसाधारणले पनि दलहरु तथा दलका प्रतिनिधि उम्मेद्वार चिन्ने मौका हो यो । यस मौकालाई हामीले खेर जान दिनु हुँदैन । असल र खराब छुट्याउन सक्नुपर्दछ । दलहरु आफैँमा खराब छैनन् । हामीलाई थाहा छ, दलहरुको इतिहास नेपालमा लामै छन् ।

यसपटक पहिलो चोटी चुनावमा केही दलहरु सहभागी हँुदैछन्, उनीहरुलाई पनि हामीले चिन्ने मौका यही हो त्यसबाट पनि हामी चुक्नु हुँदैन । नेपालमा असल दलहरु त छैनन् तर पनि खराब मध्येबाटै भए पनि कम खराब दल तथा दलका प्रतिनिधिलाई चुन्न सक्यौँ भने केही हदसम्म भएपनि जनताको काम बन्ने सम्भावना हुन्छ । देश विकास हुने सम्भावना हुन्छ त्यसकारण यो निर्वाचनलाई हामीले हलुका रुपमा नलिई केवल मेरा एक भोट त हो नि जसले जिते पनि मलाई के मतलब भन्ने भावना त्याग्नु पर्दछ ।

निराशाहरुको बीचमा आशा खोज्दै यो निर्वाचनलाई हामीले हाम्रो लागि साथै नेपालकै लागि टर्निङ प्वाइन्ट बनाएर लानु पर्दछ । मलेशिया, सिङ्गापुर, चीन, जस्ता राष्ट्रहरुको उदाहरण तपाई हाम्रो अगाडि नै छ । त्यसकारण नेतृत्व सही भयो भने उसको योजना सही भयो भने समृद्ध हाम्रै पालामा भन्ने नारा जसको भए पनि हासिल गर्न सकिने खालको छ । त्यसकारण अब हुन गइरहेको निर्वाचनलाई सफल पार्न हामी सबैको जिम्मेवारी हो । निर्वाचन आयोगको जति हो दलहरुको पनि त्यति नै हो । अनि तपाई हामी सबैैको पनि त्यति नै हो । यसबाट कोही पनि नभागौँ आशावादी भएर दल तथा दलका प्र्रतिनिधि छनोट गरेर पठाउन सकौँ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: