निर्वाचन र गठबन्धन

  प्रकाशित मिति
९ मंसिर २०७४, शनिबार ०९:४३



नेपाल अहिले निर्वाचनमा होमिएको बेला छ । निर्वाचनका बेलामा हुने जबर्जस्तीका कुराहरु, हत्याहिंसाका कुराहरु त कदाचित प्रिय होइनन् नै । यीवाहेक निर्वाचन भनेको आम जनसमूहलाई प्रशिक्षित गर्ने, नेतृत्व विकास गर्ने महाप्रशिक्षणको कार्यव्रmम पनि हो । समग्र राष्ट्रका लागि यो एउटा ठुलो उत्सव हो । यस औसरमा अत्यन्त बोधा र बेफिव्रmीका मानिस बाहेक जिज्ञासु मानिसहरुले अत्यन्त धेरै कुराहरु सिक्न पाउँछन् । निर्वाचनको एउटा पुरा चव्रm हेरिसक्ता शब्दज्ञान मात्र होइन, राजनीति मात्र होइन, हाम्रो समाजका मानिसहरुको समग्र स्वभाव पनि मूल्याङ्कन हुन्छ । को कति इमान्दार छन् ? को कति अवसरवादी छन् ? को तिउन चखुवा छन् ? को कति चञ्चल छन् ? को कति स्थीर छन् ? को कति विश्वसनीय छन् ? कसलाई पटक्कै विश्वास गर्न सकिँदैन ? यस्ता धेरै कुराहरुको पहिचान हुन्छ । व्यक्तिव्यक्तिका प्रवृत्तिलाई निर्वाचनको महाअभियानले उदाङ्गो पार्दछ । समाजका मानिसको त्यो कुरो जान्न त त्यही समाजमा लगातार सङ्गत गरेर सारै लामो समयमा मात्र त जान्ने मौका मिल्छ । राजनीतिक चेतनाको विकास पनि यो बेलामा अत्यन्त धेरै हुन्छ । हरेक मान्छेमा कुन दललाई मत दिने ? कुन दललाई नदिने ? किन दिने र किन नदिने भन्ने वारेमा आआफ्नै पाराले आआफ्नै स्तरमा छलफल, बहस हुन्छन् । दलका कार्यव्रmममा मानिसहरु सरिक हुन्छन् । दलका पर्चा पम्प्लेटहरु पढ्छन्, समाचार सुन्छन्, रेडियो सुन्छन्, टिभि हेर्छन् । अरु बेलाको तुलनामा अलिक बढी पत्रपत्रिका पढ्छन् ।

त्यति गर्दागर्दै पनि जनजनमा प्रचलनमा आएका थुप्रै राजनीतिक शब्दहरुको सही अर्थ बोध भने नभैरहेको हुनसक्छ । कतिपय भनाइहरुको सार छ्याङ्ङ नभैरहेको हुनसक्छ । त्यसकारण जिज्ञासु पाठकहरुको सहजताको लागि म केही सामान्य शब्दावलीहरु वारे जानकारी गराउने प्रयत्न गर्दछु । मलाई अहिले खुबै चर्चामा भएका शब्दहरु ‘वामगठबन्धन’ र ‘लोकतान्त्रिक गठबन्धन’ वारे नै लेख्ने विचार भयो ।

‘वामगठबन्धन’ भन्ने शब्दावली ‘वाम’ र ‘गठबन्धन’ मिलेर बनेको शब्द हो । ‘वाम’ भन्ने शब्द ‘वामपन्थी’को छा्ेटो रुप हो । ‘वामपन्थ’ वा ‘वामपन्थी’लाई धेरैजसोले ‘साम्यवाद’ वा ‘साम्यवादी’ नै ठान्छन् । तर त्यसो होइन । ‘वामपन्थी’को पर्याय वा समानार्थी साम्यवादी होइन । ‘माक्र्सवाद – लेनिनवाद’लाई मार्गदर्शक सिद्धान्त मानेर वर्गसंघर्षको बाटोबाट श्रमजीवी वर्गको राज्यसत्ता स्थापनामा विश्वास गर्ने सिद्धान्तनिष्ठ हो साम्यवादी । वामपन्थ भनेको चाहिँ माक्र्सवाद लेनिनवादसँग कुनै सरोकार राख्तैन । ऊ भइरहेको पुरानो चलनलाई, पुरानो शासन व्यवस्थालाई, पुरानो प्रणालीलाई नयाँ चलनमा, नयाँ लोकतान्त्रिक शासन व्यवस्थामा तथा मानवजातिको हितका लागि नयाँ प्रणालीमा बदल्नका लागि मरिमेट्छ । उदाहरणको रुपमा भन्ने हो भने २००७ सालको परिवर्तन नहोउन्जेलसम्म त नेपाली काङ्ग्रेस स्वयम् पनि वामपन्थी थियो । ऊ राणाशासनको विरोध गथ्र्यो, जमिन्दारी प्रथा, बेठबेगारी प्रथाको विरोध गथ्र्यो, जातिपातिको विभेदपूर्ण मान्यताको विरोध गथ्र्र्यो, रुढीवाद–अन्धविश्वासको विरोध गथ्र्यो । तर पछि संसदीय शासन प्रणाली प्राप्त भएपछि उसले आफूलाई वामपन्थी चरित्रबाट स्खलित बनाउँदै यथास्थितिवादी हुँदै व्रmमशः प्रतिव्रिmयावादी खेमातिर बढ्दै गएको मात्र हो ।

‘वामपन्थी’ भनेको एउटा चरणमा परिवर्तन भएर समाज अगाडि बढिसकेपछि अब त्यसैलाई पूर्ण ठानेर चुपलागेर बस्ने होइन । सधैं पुरानोबाट नयाँमा, अझ नयाँमा परिवर्तन हुँदै जाने प्रवृत्ति हो । राणाशासन फालेर संवैधानिक राजतन्त्र र संसदीय व्यवस्था ल्याउँदैमा समाजको विकास पुरा भएको मान्ने होइन । त्यो पनि केही समयमा समयव्रmम सँगसँगै पुरानो भएर समाज अझ अगाडि बढ्न चाहन्छ । समाजलाई समृद्ध बनाउन आजनतालाई सुखी बनाउन त्योभन्दा राम्रो वितरण प्रणाली भएको व्यवस्था चाहिन्छ भनेर नयाँ, निरन्तर नयाँको पक्षमा व्रिmयाशील हो वामपन्थी ।
यो त भयो वामपन्थी वारेको कुरा । अब कुरा गरौं वामगठबन्धनको ।

वामहरुजति एकतावद्ध हुने काम नै, वामपन्थीहरु जति एउटा मालामा गाँसिने कुरा नै वामगठबन्धन गर्ने कुरा हो । यसले मुलुकको संविधानलाई गीता या कुरान या वाइवल जस्तो अपरिवर्तनीय ढुङ्गाको अक्षर मान्दैन । यो जनताको आकाङ्क्षा अनुसार तमाम जनताको चाहना र आवश्यकता अनुसार संशोधन हुन्छ, परिवर्तन हुन्छ र अगाडि बढ्दै जान्छ भन्ने मान्यता राख्तछ र अगाडि बढ्न प्रयत्न गरिरहन्छ ।

लोकतान्त्रिक गठबन्धन भनेको चाहिँ के हो नि ? यो शब्दावली पनि दुई वटा शब्दहरु ‘लोकतन्त्र’ र ‘गठबन्धन’ जोडिएर नै बनेको छ । पहिला लोकतन्त्र वारे कुरा गरौं । ‘लोकतन्त्र’ आफैंमा दुई शब्द ‘लोक’ र ‘तन्त्र’ मिलेर बनेको छ । लोक भनेको आम जनता र तन्त्र भनेको शासन गर्ने पद्धति हो । राजतन्त्र, प्रजातन्त्र आदि शासन गर्ने पद्धति हुन् । आम जनताको हितमा उनीहरुको मत अनुसार शासन गर्ने विधिलाई नै लोकतन्त्र भन्दछन् । अचेल शब्दहरु जबर्जस्ती आफ्नो अस्मिता लुटिएर बसेका पनि पाइन्छन् । अर्थ चाहिँ एउटा बोक्ने तर यथार्थमा तिनीहरु अर्कै भएर बसिरहेका पनि पाइन्छन् । लोकतन्त्रका वारेमा कुरा गर्दा मलाई यस वारेमा बनाइएका दुई परिभाषा राख्न मन लाग्यो–लोकतन्त्रका वारेमा बनाइएको एउटा सुन्दर परिभाषा छ – “लोकतन्त्र भनेको जनताद्वारा, जनताका लागि बनेको जनताकै सरकार हो ।”

अर्को कुरुप परिभाषा छ – “लोकतन्त्र भनेको मूर्खहरुद्वारा, मूर्खहरुकै लागि बनाइएको मूर्खहरुकै सरकार हो ।” महजोडीले पनि भनेका थिए– “प्रजातन्त्र जस्तो गोजीमा राख्यो त्यस्तै हुन्छ ।” हुन पनि सद्दाम हुसेनले निर्वाचन गराउँथे र आफ्नो पक्षमा ९५ प्रतिशत भन्दा बढी जनमत देखाउँथे । फिलिपिन्समा फनिनान्ड मार्कोसले अन्तिम पल्ट पनि प्रचण्ड बहुमत देखाएर राष्ट्रपति भवनमा राष्ट्रपतिको सपथ खाँदै थिए, उता कोराजीन एक्विनो जनताको प्रचण्ड बहुमत आफ्नो पक्षमा छ भनेर टुँडिखेलमा ती तमाम जनताका सामुन्नेमा राष्ट्रपतिको सपथ खाँदै थिइन् । यी त केही दशक पहिले हामीले देखेसुनेका कुरा हुन् । यसरी लोकतन्त्र शब्दलाई जबर्जस्ती अस्मिता हरण गरिएको अवस्था पनि छ । यस्का अनेकन उदाहरण दिन सकिन्छ । अहिले त्यतातिर नलागौं ।

माथिका लोकतन्त्र वारेका दुबै परिभाषा त्यसै बनाइएका होइनन् । यथार्थमा यस्तो बन्न पुगेकाले नै यी व्यापक रुपमा प्रयोग भईआएका परिभाषाहरु हुन् । धेरै ठाउँमा लोकतन्त्र दोस्रो परिभाषाको रुपमा प्रचलित भएको कुरा स्मरणीय छ । जनताहरु अत्यन्तै ठुलो संख्यामा पूर्ण सचेत नभईकन, निडर र निर्भिक नभईकन प्रयोग हुने लोकतन्त्र यसै रातो मुला जस्तो मात्र हुने गर्छ । बाहिर बोव्रmो हेर्दा रातो देखिने तर भित्र सबै सेतो भए जस्तो हुँदो रहेछ । लोकतन्त्रको पद्धति अपनायो तर एक जना सामन्तले वा एक जना मालिकले “मत हाल्दा अमुक चिन्हमा हाल्नू है” भनेर उर्दी गरिसकेपछि त्यसैमा सबै जनाले हाल्नु पर्ने जस्तो लोकतन्त्रको के अर्थ रहन्छ र ! त्यस चिन्हमा मत नहालेमा भोलिपल्टदेखि खेताला नपाइने, पँधेरमा पानी भर्न नपाइने जस्तो, नाइके जता लाग्यो त्यतै डोरिनु पर्ने भेडाको बथान जस्ता जनता बनाइएको ठाउँमा लोकतन्त्रको के अर्थ र !
जहाँसम्म माथि दुई वटा परिभाषा दिइएको कुरा छ, चेतना जागृत नभैसकेको, ‘पच्चीस पाथी सच्चिस पाथि जान्दिन मुरी बाली छाड्दिन’ भन्ने किसिमको जनता भएको मुलुकमा ‘लोकतन्त्र’ लोकतन्त्र जस्तो हुँदो रहेनछ ।

‘लोकतन्त्र’ शब्दले यथार्थमा यस्को अस्मिता बचाउन सकेको देखिएन । पञ्चायत कालमा राजा सदैव आफूलाई ‘लोकसम्मति अनुसार’ चल्ने भन्थे । त्यो लोकसम्मति अभिव्यक्त हुन्थ्यो उनको इच्छाबाट । त्यस्तै, दुरुस्त त्यस्तै छ नेपाली काङ्ग्रेसको लोकतन्त्र । उसको निष्कण्टक रजाइँ नै उसको लोकतन्त्रको आधारभूत मान्यता हो । उसको मनोमानी रजाइँमा कुनै बिघ्नबाधा आयो भने उसका लागि लोकतन्त्र धरापमा परेको हुन्छ ।
काङ्ग्रेसले भ्रष्टाचार गर्न पाउनु पर्छ, कोही कुनै काङ्ग्रेसजन भ्रष्टाचारी ठहरी जेल बस्न पुग्यो भने जेलबाट निस्किँदा जयजयकार हुन्छ, उसलाई एकडेढ क्वीन्टलका माला लगाइन्छ र पछि उसलाई काङ्ग्रेसका उम्मेदवार छान्ने साँचो दिइन्छ । काङ्ग्रेसमा न्याय पनि विधिले गरिँदैन । दोषी काङ्ग्रेस हो कि होइन त्यो हेरेर न्याय निरुपण गर्नु पर्छ । न्याय सम्पादन गर्दा विधिपूर्वक दूधको दूध पानीको पानी छुट्याएर निर्भिकता पूर्वक गर्न थाल्यो र अन्यायीलाई दण्डित गर्न थाल्यो भने काङ्ग्रेस नेताका तिघ्रा काम्न थालिहाल्छन् र न्यायाधीशलाई भए पनि प्रधान न्यायाधीशलाई भए पनि महाअभियोग पर्छ । नेपाली काङ्ग्रेसको लोकतन्त्र यस्तै छ । त्यसकारण ‘लोकतन्त्र’ भन्ने शब्दले जे अर्थ बोक्नु पर्ने हो त्यो अर्थबाट ‘लोकतन्त्र’ च्यूत भैसकेको छ । त्यसैले त अहिले कोहीकोही ठुला नेता यसलाई ‘लुटतन्त्र’ नामाकरण गर्दैछन् । यथार्थमा लोकतन्त्र अहिले दादागिरी तन्त्र जस्तो, जो शक्तिमा छ उसको मनपरी तन्त्रजस्तो भैसकेको छ । मैले यहाँ उल्लेख गर्नै पर्दैन, स्थानीय चुनावको सँघारमा निर्वाचन आयोगका महासचिवको सरुवा भयो । अहिले आम निर्वाचनको मौन अवधि सुरु हुने दिन भयो । निर्वाचन अब ३ दिनभित्र छ । तर प्रधानमन्त्री आफैं गृहमन्त्री भएर जिल्लाजिल्लाका सिडिओहरु सरुवा गर्दैछन्, प्रहरीका डिआइजीहरु सरुवा गर्दैछन्, डिआइजीलाई एआइजीमा बढुवा गर्दैछन् । के कुनै लोकतन्त्रमा यस्तो हुन्छ ? अहिले अरब अरब बजेट जिल्लाका लागि पठाउने निर्णय गराउँदै छन् । निर्वाचनलाई प्रभाव पार्ने अनेकन मनपरी गर्दैछन् । के यही लोकतन्त्र हो ? यदि यसैलाई लोकतन्त्र भन्ने हो भने हामी सबैले एकै स्वरमा भन्नुपर्छ त्यो साँच्चै लुटतन्त्र हो हो !

मधेशमा केही यस्तै ‘लोकतन्त्र’का दल र लोकतन्त्रका नेताहरु छन् । मधेशमा भैरहेको अमानवीय र आङ नै सिरिङ्ङ पार्ने जमिन्दारी शोषणका विरुद्ध चुँसम्म बोल्दैनन्, सभ्यतालाई नै लज्जित पार्ने दहेज प्रथाका विरुद्ध कुनै पर्वाह गर्दैनन् बरु त्यसको पक्षमा लिट्टी कसेर बहस गर्छन्, जातीय विभेदको कलङ्कको डङ्गुरले उनीहरुलाई छोप्न लागिसक्ता पनि डुमहरु उपर, चमारहरु उपर अझ दमन गर्नपटि लाग्छन् तर त्यस रुढीवादका विरुद्धमा एकै शब्द बोल्दैनन् । मुखले लोकतन्त्र जप्ने मसिहाहरुको यो कुन प्रकारको लोकतन्त्र हो ?

त्यसैले ‘लोकतन्त्र’ यसरी बदनाम भैसकेको परिवेशमा त्यही बदनाम लोकतन्त्रलाई सच्याउने होइन बरु त्यसैका आडमा लोकतान्त्रिक गठबन्धन गरेर लुटतन्त्र मच्चाइराख्न उद्यत छ अहिलेको लोकतान्त्रिक गठबन्धन । मलाई लाग्छ अहिले नेपालका सम्पूर्ण तह र तप्काका श्रमजीवी जनसमूहले अहिलेको वामगठबन्धन र लोकतान्त्रिक गठबन्धनलाई नजिकबाट नियालेका छन् ।
२०७४÷८÷८मा

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: